‘गोर्खाज डटर इन इजरायल चलचित्र ’इजरायली चलचित्र महोत्सवमा

ENGLISH

ENTERTAINMENT

‘गोर्खाज डटर इन इजरायल चलचित्र ’इजरायली चलचित्र महोत्सवमा

14 June, 2016 | Sandeep Bhattarai | 760 Views | comments

gorkhas_991713803दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार ९ र १० गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।

इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् । प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ (खालीपन भर), ‘ब्यान्डस् भिजिट’ (ब्यान्डको भ्रमण), ‘फरेन सिस्टर’ (विदेशी चेली) र ‘द डिस्ट्यान्स्’ (दूरी) तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ (डल्फिन केटो) र ‘गोर्खाज डटर इन इजरायल’ (इजरायलमा गोर्खालीकी छोरी) छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताउनुभयो ।

भर्खरै सम्पन्न मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन आउनुभएका उहाँले ‘छाया’, ‘कालो पोथी’लगायत केही चलचित्र हेरेको बताउँदै यहाँको विविधतायुक्त समाजबाट आफू प्रभावित भएको बताउनुभयो ।

महोत्सवमा प्रदर्शन गरिनेमध्ये दुई चलचित्र ‘फरेन सिस्टर’ र ‘द डिस्ट्यान्स्’ निर्देशक बोलम्यानले निर्माण गरेका चलचित्र हुन् । त्यस्तै, ‘गोर्खाज डटर इन इजरायल’ त्यहीँका चलचित्रकर्मीद्वारा इजरायलमा काम गर्ने नेपाली दिदीबहिनीका बारेमा निर्माण गरिएको वृत्तचित्र हो । इजरायलमा रोजगारीका लागि जानुअघि यो चलचित्र हेरेमा फाइदा हुने बताइएको छ ।

फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्लले विगतमा इजरायलमा थोरै लगानीमा पनि राम्रा चलचित्र बन्ने गरेको बताउँदै सोबाट नेपाली चलचित्र उद्योगले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK