गोरख घले : डायस्पोराको चम्किलो तारा

ENGLISH

NRN GLOBAL

गोरख घले : डायस्पोराको चम्किलो तारा

-डिल्ली राम अंमाई, बेल्जियम

3 January, 2017 | Sandeep Bhattarai | 1410 Views | comments

(जीबन बृति)

गोरख घलेगोरखाको मान्बु,३ बाट २०००मा बेल्जियम आएका राम घलेका दुई छोरा मध्ये गोरख घले जेठा हुन् ।२००८ मा बेल्जियममै जन्मिएका उनी पढाईमा भने फुटबलमा जस्तो अब्बल नभएकोउनकी आमा बिना घलेले जानकारी दिदै भनिन,उ पढाईमा भन्दा बढि फुटबलमा अभ्यासरत छ, दुईवटा क्लबमा ५ दिन फुटवलको अभ्यासमा जानु पर्छ । पढाई मध्यम नै छ । ‘

पङ्तिकारले रुची र इच्छा बारे प्रश्न राख्दा गोरखले मुसुक्क हाँस्दै भने,’एक पटक बार्सिलोनाको विश्व प्रसिद्ध फुटवल खेल मैदान हेर्ने धोको रहेको साथै नेपालको राष्ट्रिय टिमबाट खेल्ने र युरोपका प्रख्यात क्लबबाट खेल्दै गोरखालीको नाम विश्वमा चम्काउने धोको रहेको छ । ‘ पङ्क्तिकारको शुभेच्छा छ उनको यो धोको पुरा होस् ।

मान्छेको जीवनबारे प्रारब्धमा लेखिएको हुन्छ या हुँदैन भन्ने बहस निरर्थक छ भन्ने ठम्याई हो पङ्क्तिकारको । तर यति चाहिँ भन्न सकिने रहेछ कि जीवनमा कतै पुग्नु छ भने त्यसका लागि प्रचुर प्रयास सहित सपना जरुर देख्न सक्नुपर्छ। अनि त्यो सपना पछ्याउने दृढ अठोट र पसिना बगाउने संकल्प त चाहियो नै। ८ वर्षको कलिलो उमेरमा गोरख घलेले मारेको छलाङ त्यही सपना र पसिनाको सम्मिश्रण हो।

आज हाम्रो नेपाली कलिलो फुटबल् च्याम्पियन बेल्जियममा हिरो भएको छ । यति धेरै फुटबललाई माया गर्ने नेपाली दर्शक भएर पनि दुई वर्ष सम्म एउटा ट्रफी जित्न नसकेको क्षेत्रिय बाल फुटबल् क्लब एक्टिभ प्रोभान्सबाट गोरखको प्रवेशले फस्ट मेडल उठाइदिएको छ । गोरखको आगमनले क्लबमा उत्साह थपेको कोचरले बताउदै उसको भविष्य फुटबल खेलसँगै जोडीएर जानसक्ने प्रसस्त लक्षणहरु देखिएको तर्फ उनले पङ्तिकारसँगको कुराकानीमा संकेत गरे । पछिल्लो दुई वर्षको अन्तरालमा दुई/दुई वटा प्रसिद्द अन्तर्राष्ट्रिय ट्रफीमात्र बेल्जियम भित्रिएको छैन एउटा सामान्य नेपाली किशोरले विदेशी भूमीमा उसको उमेर समुहको खेलमा तीन पटक ह्याट्रिक समेत गरिसकेको छ।

यसरी गोरख घले , ८ वर्षको उमेरमा आज सारा बेल्जियम,नेदरल्याण्ड र बेलायतका फुटबल फ्यानहरुबीच चिनिन सफल छन् । उसका बाबु राम घलेले भने, ‘ मेरा लागि भने गोरख आज चम्किएको हैन। तीन चार वर्षे बच्चै हुँदा त्यही बेला आजकै जस्तो चकचके थियो उसको खुट्टा, कुनै पनि गोलो बस्तुलाई फुटबल् जसरी खेल्थ्यो, अविभावकको आँखा छलेर कुनै पनि बेला फुटबलमै रमिरहेको भेट्थ्यौ हामीहरुले, त्यती बेलै देखी मैले उसको भविष्य फुटवलमा चम्किने सपना देखिसकेको थिएँ । ” थप प्रसङमा उनले अचम्म मान्दै थपे,’कुरो २०१४ तिरको हो सर, छोराको फुटबल प्रतिको रुची देखेर मैले एकदिन मेरै सुसी हाउसमा आउने एक ग्राहकसँग उसको रुची र भविष्य बारे चासो राखेँ ।

उनले मेरो कुरालाई गम्भिर ढंगले लिदै सिन्जोफ नामक बाल फुटबल क्लब बारे जानकारी दिए । त्यसपछी मैले उक्त क्लबमा प्रकृया सहित् भर्ना गर्नको लागि आबेदन दिए । उसको सिप, क्षमता र रुचिको परिक्षण पश्चात विधिवत रुपमा ऊ,उसको उमेर समुहको टिममा सहभागि भयो । उसलाई तत्काल समुह ‘सि’ मा राखेको थियो २०१५ को जुन तिर उसको सफलता देखेर कोचरले ‘सि’ ग्रेडबाट ‘बि’ मा नलगी ‘ए’ मा स्तर बृद्धि गरे । ‘

२०१५ मा उनको उमेर समुहमा ‘बेल्जियम च्याम्पियन’ घोषित घले २०१५ जुलाई २६ मा पुन ‘बेस्ट प्लेयर’ उपाधिबाट विभूषित भएपछी उनको माग बेल्जियमका बिभिन्न क्लबहरुमा ह्वात्तै बढेको छ । सेन्जोफ क्लबको वार्षिक करारनामा नसकिँदै बेल्जियमको प्रसिद्ध क्लब एक्टिभ क्लबले उनलाई ३ वर्षे करारनामा गराइ सकेको छ । उनी अहिले अत्यन्त ब्यस्त छन । बेलायतको इभरटोन नामक विश्व प्रसिद्ध बाल फुटबल क्लबलाई २०१६ को डिसेम्बरमा ६-० ले धुलो चटाएका उनको टिमले अन्तरराष्ट्रिय गोल्ड मेडल सहित प्रथम पुरस्कार पनि हात पारिसकेका छन् ।

गोरख घले

त्यसको लागि उनको पहिलो कोचर फ्रेन्क र आफ्नो बुवा ममिको प्रेरणादाइ नेतृत्व आफ्नो सफलताको हकदार मान्दछन उनी । एकदिन हजुरबुवा बिराट घले र हजुरआमा अाइतिमाया घलेको नाती गोरखलाई संसारभरिका फुटबल प्रेमीहरुले चिन्न सकुन यहि बेल्जियम ‘फुटबल च्याम्पियन’ नेपाली फुटबलका आशातित किरणलाई नयाँँ बर्षको शुभकामना ।

अमेरिकी पूर्वराजदूत डेलिसी नेपालका ‘ब्रान्ड एम्बेस्डर’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK