गोरखा सेवा समाज कतारद्वारा २८ लाख अक्षय कोष स्थापना

ENGLISH

NRN GLOBAL

गोरखा सेवा समाज कतारद्वारा २८ लाख अक्षय कोष स्थापना

4 May, 2017 | Bipin Acharya | 565 Views | comments

गोरखा सेवा समाजले जिल्लाको शिक्षामा योगदान पुर्‍याउन २८ लाख रुपैया वरावरको अक्षय कोष स्थापना गरेको छ ।

समाजको कतारमा सम्पन्न नवौ साधारण सभामा यसबारे जानकारी दिइएको हो । समाजले छिट्टै योजना बनाएर अक्षयकोषले गर्ने कामबारे सार्वजनिक गर्ने जनाएको छ ।

प्रमुख सल्लाहकार आशबहादुर गुरुङले गोरखा सेवा समाज कतारलाई साथसहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै गोरखा समाजले थालेको अक्षयकोष छिट्टै पूणता दिने बताए । उनले ९० प्रतिशत रकम जम्मा भएको र १० प्रतिशत साथीहरुले केही समय पर्खन भनेकोले केही समय ढिला हुन गएको बताए ।

समाजका अध्यक्ष सुर्दशन भट्टको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि संस्थापक संरक्षक तथा ब्यवसायी बद्रीप्रसाद पाण्डे, संरक्षक बुधवल गुरुङ, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बिनोद भट्टराई, हंसराज ढकाल क्षेत्री, एनआरएन सल्लाहकार सदस्य टिवि कार्की, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर अध्यक्ष तिर्थ संगम राई र नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मिता भुषाल लगायतकाले अक्षयकोष स्थापनाले जिल्लाको शिक्षामा ठुलो योगदान पुग्ने बताएका थिए ।

लमुजुङ सेवा समाजका महासचिव सिताराम थापा, सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमृत शाही, समाज सेवा अभियान रुपन्देशीका अध्यक्ष डिल्लिराम भट्टराई, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष योगेन्द्र कार्की, समाजीक अगुवा बिलबहादुर गुरुङले आफ्नै जिल्लामा भूकम्पले क्षतविक्षद हुदा पनि समाजले एनआरएन कोषमा संकलित रकम हालेर नमुनायोग्य काम गरेको बताए । उनीहरुले समाजले स्थापना गरेको अक्षयकोषलाई सहि ढंगले सदुपयोग गर्नको लागि पनि सुझाएका थिए ।

शुभकामना राख्दै समाजका संरक्षक बुधवल गुरुङले गोरखा सेवा समाज कतारले आफुलाई सम्मान गरेर आफुलाई झनै जिम्मेवारी बोध भएको बताए । उनले समाज प्रति तपाईहरुको सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको र अबका दिनमा पनि यस्तै कार्यहरु गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

सभाले राकेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा प्रथम उपाध्यक्ष रामजी खत्री, द्धितीय उपाध्यक्ष राजेश्वर ढकाल, महासचिव ओमराज गुरुङ, सचिव पुरुषोत्तम लामिछाने, सहसचिव बिकाश श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र न्यौपाने, सह कोषाध्यक्ष हिक्मदिन मिया , सहकोषाध्यक्ष जानू थापा मगर, क्षेत्र नं १ संयोजक गोकर्ण भट्टराई, क्षेत्र नं २ संयोजक बिमल न्यौपाने, क्षेत्र नं ३ संयोजक सुरेशबाबू श्रेष्ठ रहेका छन् । सदस्यहरु सिमा गुरुङ, बिजय अधिकारी, सुर्यचन्द्र श्रेष्ठ, पुर्णबहादुर गुरुङ, बिनोद धिताल, मुस्ताफा मिया, सुर्यबहादुर गुरुङ, रनबहादुर गुरुङ र राजु पुडासैनी छन् ।

समाजले समाजलाई सहयोग गर्ने संरक्षक बुधवल गुरुङ र सल्लाहकार रामजी खत्रीलाई दोसल्ला र सम्मान पत्रको साथ सम्मान गरिएको थियो । त्यस्तै सल्लाहकार आशबहादुर गुरुङ, श्रीकृष्ण भट्टराई, धनराज गुरुङ, प्रिती घले, उपाध्यक्ष राकेश श्रेष्ठ र सह कोषाध्यक्ष ज्ञानेन्द्र न्यौपाने, जानु थापामगर, तुलसी गुरुङलाई पनि खादा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

समाजको बनभोज कार्यमा सहयोग गर्ने सहयोग दातालाई प्रसंसा पत्रद्धरा सम्मान गरिएको थियो । जसमा हरि बन्जरा, मिनप्रसाद बन्जरा, घनश्याम दाहाल, धनराज लामा, बालकृष्ण घिमिरे, अन्जु बिक, बबिता नेपाल, रामचन्द्र कुमाल, भोजराज पाण्डे ,राजेन्द भण्डारी ,कुल प्रसाद शिम्खडा ,कमलदेब खनाल ,रिकु श्रेष्ठ, डिल्लीराम भन्तना ,टौमाया गुरुङ , प्रतिमा भट्ट रहेका थिए ।

कार्यक्रममा सभापति भट्ट र प्रमुख अतिथि पाण्डेले संम्मानीत ब्यक्तिहरुलाई सम्मान पत्र र प्रसंसा पत्र हस्तान्तरण गरेका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK