गोरखा समाज अष्ट्रेलियाको अध्यक्षमा त्रिलोचन पोखरेल

ENGLISH

NRN GLOBAL

गोरखा समाज अष्ट्रेलियाको अध्यक्षमा त्रिलोचन पोखरेल

8 January, 2018 | Kabi Adhikari | 1135 Views | comments

सामाजिक क्षेत्रमा पृथक र महत्वपूर्ण भूमिका खेल्दै आएको गोरखा समाज अष्ट्रेलियाको दोस्रो साधरण सभा तथा बार्बिक्यू कार्यक्रम अष्ट्रेलियामा रहेका गोर्खालीहरूलाई एकताबद्ध गर्दै एक अर्कामा आपसी सद्धभाब र भाईचारा अभिबृद्धि गर्ने उद्देश्यका साथ  सम्पन्न भएको छ ।

gorkha-samaja

यहि ६ जनवरी २०१८ का दिन सिड्नीको यशफिल्ड पार्कमा भव्यरुपमा साधारणरभा सम्पन्न गर्नुका साथै बार्बिक्यू कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

समाजका निबर्तमान अध्यक्ष ध्रुव पोखरेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अष्ट्रेलियामा रहेका बिभिन्न संस्थाका प्रतिनिधिहरू, समाजका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरु र नेपालबाट भ्रमण भिसामा आउनुभएका अभिभाबकहरूको समेत उपस्थिति रहेको उक्त भेलाले आगामी दुई बर्षे कार्यकालको लागि २५ सदस्यीय नयाँ कार्यकारी समितिको सर्बसम्मत मनोनयन गरेको छ ।

त्रिलोचन पोखरेलको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा प्रकाश बस्ताकोटी, सचिबमा शिब बन्जारा, कोषाध्यक्षमा ऋतु श्रेष्ठ र सहकोषाध्यक्षमा राजु पोखरेललाई मनोनित गरिएको छ ।

त्यस्तै अन्य कार्यकारी सदस्यहरुमा सुरेन्द्र दुवाडी, ईश्वर दाहाल, संजित श्रेष्ठ, जय श्रेष्ठ, सजिता श्रेष्ठ, कृष्ण भट्टराई, दिजा श्रेष्ठ, संजय श्रेष्ठ, शर्मिला धिताल, दिनेश श्रेष्ठ, योगेन्द्र जोशी, दिपक देबकोटा, संजिप खत्रि, कृष्ण भट्ट र प्रज्वल श्रेष्ठ रहेका छन् । सस्थालाई अष्ट्रेलियाको अन्य राज्यहरुमा समेत बिस्तार गर्ने योजना अनुरूप अन्य राज्यबाट पनि एक–एक जना संयोजक रहने र उक्त संयोजक मुख्य कार्यसमितिको उपाध्यक्ष रहने गरि बिधान पनि संशोधन गरिएको छ ।

कार्यक्रमका सञ्चालक शिब बन्जाराले संस्थाको स्थापना कालदेखि आजसम्म समाजले गरेका सामाजिक गतिबिधीहरूको बारेमा प्रतिबेदन पेश गर्दै छोटो समयमा नै समाजले उल्लेख्य सामाजिक काम गरेको बताएका थिए ।

समाजका सचिब प्रकाश बस्ताकोटीले समाजको पारदर्शितामा सदैब स्पष्ट रहेको बताउदै सँस्थाको आर्थिक प्रतिबेदन पेश गरेका थिए । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा स्टेट कोअर्डिनेटर नन्द गुरूङ्गले यस सँस्थाले सामाजिक क्षेत्रमा अत्यन्त्यै सह्र्रनिय काम गर्दै आएको बताउदै आगामी कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए । यसैगरी बिश्व बिज्ञान क्षेत्रकै चर्चित ब्यक्तित्व कार्डिओथोरेसिक स्पेसलिस्ट (Cardiothoracic Specialist) तथा ट्रान्सप्लान्ट सर्जन (Transplant Surgeon) डा. कुमुद धितालले आगामी दिनहरूमा समाजले अझै प्रभावकारी र ठोष कार्ययोजनाहरू बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

गोरखा समाज अष्ट्रेलियाको भेला डिसेम्बर ६ मा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK