गोरखा समाजबाट कलाकार सम्मानित

ENGLISH

NRN GLOBAL

गोरखा समाजबाट कलाकार सम्मानित

धुर्मुस सुन्तली फाउण्डेसनलाई नेरु २५ हजार

11 July, 2016 | Sandeep Bhattarai | 1960 Views | comments

राजेश्वर ढकाल, दोहा–गोरखा सेवा समाज, कतारले कलाकारहरुलाई सम्मान गरेको छ । इदको अवसरमा आफ्नो प्रस्तुती देखाउन कतार आएका कलाकारहरुलाई भेटघाट कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।

sammanit

सम्मानित हुनेहरुमा गोरखाली कलाकार लोकदोहोरी गायिका मुना थापा मगर, लोकदोहोरी गायक राजु गुरुङ, हाँस्य कलाकार राजा राजेन्द्र, लोकोदोहोरी गायक नेत्र पन्त ,संगितकार तथा गायक टंक बुढाथोकी थिए । सम्मान पछि बोल्दै लोकादोहोरी गायिका मुनाथापा मगरले कतारमा आएको अवसरमा गोरखाली दाजुभाईहरुले भेटघाट गर्न पाउदा निकै खुशी लागेको बताईन । तपाईहरुको सद्भाव, माया र साथले नै आज यो स्थानमा आएको बताउदै कतारबासी सम्पूर्ण नेपालीहरुको सफल जीवनको शुभकामना ब्यक्त गरिन ।

कलाकारीताको क्षेत्रबाट नेपाली कला संगितलाई संरक्षण गर्नको लागि पुर्याएको योग्दानको कदर गर्दै समाजले सम्मान गरेको हो । समाजका अध्यक्ष शुर्दशन भट्ट, संरक्षक बुधवल गुरुङ र प्रमुख सल्लाहकार आशबहादुर गुरुङ, सल्लाहकार राम्जी खत्री, प्रिती घले ,धनराज गुरुङ र उपध्यक्ष राकेश श्रेष्ठले सम्मान पत्र ,खादा र मायाको चिनो दिएर सम्मान गरेका हुन् ।

त्यस्तै समाजले धुर्मुस सुन्तली फाउण्डेसनलाई पनि सम्मान गरेको छ ।भूम्कपबाट पीडितहरुको लागि नमूना बस्ती निमार्णमा सक्रिय भएर धुर्मुस सुन्तलीले थालेको कार्यको प्रशंसा गर्दैधुर्मुस सुन्तली फाउण्डेसनलाई सम्मान गरेको हो । फाउण्डेसनका अध्यक्ष हाँस्य कलाकार सिताराम घिमिरे (धुर्मुस ) र कुन्जना घिमिरे(सुन्तली) लाई समाजका अध्यक्ष भट्ट र संरक्षक गुरुङले खादा र सम्मान पत्रले सम्मान गरीएको थियो । उक्त सम्मानको अवसरमा समाजको तर्फबाट धुर्मुस सुन्तली फाउण्डेसनको लागि समाजको तर्फबाट नेरु २५ हजार सहयोग गरिएको थियो ।

सम्मन पछि बोल्दै धुर्मुसले समाजले गरेको सम्मानले झनै हामीलाई काम गर्ने उर्जा मिलेको बताए । विश्वभरी रहेका नेपालीहरुको साथ सहयोगले हामीले थालेको यो पवित्र कार्यले सार्थकता पाउने बताउदै साच्चै कै तपाईहरुले तारिफ गर्न योग्य नमूना बस्ती बन्नेमा ढुक्क हुन आग्रह गरे ।

sammanit1

कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टले प्रवासी भूमीमा आएर राष्ट्रिय स्तरको कलाकारहरुलाई सम्मान गर्न पाउनु गर्वको कुरा बताउदै सांगीतिक यात्राको सफलताको शुभकामना ब्यक्त गरे।

यो पनि हेर्नुस – धुर्मुस-सुन्तली फाउन्डेसनलाई कतारबाट २२ लाख

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK