गोपाल थपलिया प्रतिष्ठान अस्ट्रेलियामा गठन

ENGLISH

NRN GLOBAL

गोपाल थपलिया प्रतिष्ठान अस्ट्रेलियामा गठन

30 September, 2018 | Sandeep Bhattarai | 3895 Views | comments

अस्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रसाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महावाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा तदर्थ समिति गठन गरेको छ । अष्ट्रेलियाको हरेक राज्यमा गठन गर्ने अभिप्राय अनुरुप भिक्टोरीया राज्यबाट यस्को शुरुवात गरिएको छ ।

शनिबार गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेका छन् । समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अबैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी रहेका छन् ।

प्रतिष्ठानका गतिबिधिहरुलाई ब्यबस्थित र ब्यापक रुपमा अगाडि बढाउन भविष्यमा अन्य पद, सदस्य र सल्लाहकारहरु पनि थप्दै लगिने कुरामा आजको भेलामा सहमति भएको छ ।

२०७३ सालमा नेपालका बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रका असम्बोधित नायकहरुको खोजी गरी सम्मान गर्ने उद्देश्यले गठित यस प्रतिष्ठानले विस्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिनेछ ।

कार्यक्रममा वरिष्ठ पत्रकार थपलियाले यो प्रतिष्ठान आफ्नो नभएर बिभिन्न क्षेत्रका ब्यक्तिहरुको पहलमा खोलिएको बताउँदै र अष्ट्रेलियामा मात्रै नभै विश्वका अन्य देशहरुमा पनि यो प्रतिष्ठानको क्रियाशिलतामा त्यहाँका सम्बोधन गरिन उपयुक्त असम्बोधित नेपाली तथा विदेशी सम्बोधित होउन भन्ने आफ्नो चाहना रहेको बताउनु भयो ।

भिक्टोरीयाको लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले पत्रकार थपलियाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण गराउँदै थपलिया विद्यार्थी जीवनकालदेखि नै शिक्षा, समाजसेवा, जनचेतना, पत्रकारिता तथा अन्य क्षेत्रको लागि निरन्तर लागिरहनु भएको बताए । अवैतनिक महावाणिज्यदूत योन्जनले प्रतिष्ठानको सफलताको लागि शुभकामना दिंदै यसको लागि आफ्नो सक्दो सहयोग रहने बताए ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK