गैर आवासीय नेपाली संघ फ्रान्सको तेर्हौं साधारण सभा सम्पन्न

ENGLISH

गैर आवासीय नेपाली संघ फ्रान्सको तेर्हौं साधारण सभा सम्पन्न

प्रकाश सापकोटा, फ्रान्स

10 October, 2018 | Sandeep Bhattarai | 4250 Views | comments

एनआरएनए फ्रान्स

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति फ्रान्सको तेर्हौं साधारण सभा यहि ७ अक्टोबर २०१८ मा पेरिस नजिकैको लाकोर्नव सहरमा सम्पन्न भएको छ ।

फ्रान्स स्थित नेपाली राजदूतावासकी राजदूत अम्बिका देवी लुइंटेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गर्नु भएको थियो र कार्यक्रमको संचालन महासचिव नरेन्द्र शाहीले गर्नुभएको थियो ।

अध्यक्ष एक बहादुर मल्लले सम्पूर्ण फ्रान्सबासी नेपालीलाइ एकजुट भई अगाडी बढ्न आह्वान गर्नुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रमुख संरक्षक मुकुन्द अमात्य, निवर्तमान अध्यक्ष -प्रमुख सल्लाहकार तथा प्रवासी नेपाली एकता मंच फ्रान्सका संयोजक भक्त वाग्ले, भूपु अध्यक्ष घनश्याम पौडेलले आ-आफनो मन्तब्य राख्दै सफलताको शुभकामना दिनु भएको थियो ।

एनआरएनए फ्रान्सका आइसीसी सदस्य सुवर्ण बिक्रम हमालले एनसीसीको कामहरु प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित मेजों कल्चर फ्रान्सका अध्यक्ष हेमन्त उपाध्याय, एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, गोर्खा समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्री, जन सम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना ले एन आर एन ए फ्रान्सले सबै संघसंस्थाहरुलाई समेट्दै र हातेमालो गर्दै अगाडी बढनेछ भन्ने चाहना रहेको बताउनुभयो ।

साधारण सभामा संस्थाका संस्थापक, संरक्षक, तथा सल्ल्हकारहरूलाई सम्मान तथा मनोनयन पत्र प्रदान गरिएको थियो। रक्तदान कार्यक्रमका दाताहरु, एनआरएनए फ्रान्सका खेलाडीहरु र कलाकारहरुलाई प्रमाणपत्र वितरण गरि सम्मान गरिएको थियो।

अध्यक्ष मल्लले आफनो कार्यकालको पहिलो बर्षमा भएको प्रगति विवरण र भविष्यका योजना प्रस्तुत गर्नु भएको थियो । उहाले संस्थालाइ राजनीति बाट टाढा राख्दै आर्थिक पारदर्शिता राख्न आफु सधै प्रतिबद्द रहने बताउनु भयो । संस्थाका कोषाध्यक्ष मिन कुमार श्रेष्ठले आफ्नो कार्यकालको आर्थिक आय व्ययको संछिप्त विवरण पेश गर्नु भयो ।

अन्त्यमा अध्यक्ष एक बहादुर मल्लले कार्यक्रममा उपस्तिथ भइ संस्थाको गतिविधिहरुमा चासो र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदैं आगामी दिनहरुमा एनआरएनए अझै सशक्त र प्रभावकारी तरिकाले कामहरु गर्दैजाने र त्यसको लागि सबै फ्रान्सवासी नेपालीहरुको सहयोग र सद्द्भाव को अपेछा राखेको बताउदै काय्रक्रमको विसर्जन गर्नुभयो।

एनआरएनए फ्रान्सको अध्यक्षमा मल्ल

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK