गैर आवासीय नेपाली संघ फ्रान्सको देउसी भैलो कार्यक्रम सम्पन्न

ENGLISH

गैर आवासीय नेपाली संघ फ्रान्सको देउसी भैलो कार्यक्रम सम्पन्न

21 November, 2018 | Sandeep Bhattarai | 2580 Views | comments

 देउसी भैलो कार्यक्रम

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा यहि १८ नोभेम्बर २०१८ का दिन सामूहिक रुपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देश्यले २ नोभेम्बरका दिन नेपाली राजदूतावास फ्रान्सकी राजदूत अम्बिका देवी लुईटेल मानन्धरको निवासबाट सुरुवात गर्दै धेरैको घर-दैलो गर्दै अन्तिम दिन पेरिस नजिकैको कमरण रेस्टुरेन्टमा यस बर्षको देउसीभैलो समापन गरिएको छ ।

 देउसी भैलो कार्यक्रम

एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा आइसीसी फ्रान्सका सदस्य सुबर्ण बिक्रम हमालले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रम संचालक महासचिव नरेन्द्र शाहीले कार्यक्रममा उपस्थित सबैलाई एकैपटक अतिथिको रुपमा आसन ग्रहण गराउनु भएको थियो ।

तिहारको भैलिनी नृत्यबाट कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, भूपु अध्यक्षहरु, एनआरएनए फ्रान्सका अग्रज तथा सल्लाहकारहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । साथै कार्यक्रम भरि ६० जना भन्दा बढीले दक्षिणा स्वरुप आपतकालीन कोषको लागि आर्थिक सहयोग गरेका थिए ।

 देउसी भैलो कार्यक्रम

एनआरएनए फ्रान्सले १० वटा घरदैलो (रेस्टुरेन्ट आदिमा) देउसीभैलो कार्यक्रम सम्पन्न गर्दै समापन कार्यक्रम हलमा गरेको थियो । यस बर्ष संस्थाले पहिलो बर्षको भन्दा ५० प्रतिशत बढी रकम आपतकालीन कोषको लागि संकलन गर्न सफल भएको संस्थाका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले कार्यक्रममा उपस्थित हुनुहुने, दक्षिणा दिनुहुने महानुभावहरुलाई र कार्यक्रम सफल पार्न अहोरात्र खटिनुहुने कार्यसमितिका साथीहरु र स्वयंसेवकसाथीहरु सबैलाइ धन्यवाद दिनु भएको छ । साथै विदेशी भूमिमा नेपालको झल्को मेटाउदै, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परालाई आत्मसाथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाई निरन्तरता दिने एनआरएनए फ्रान्सको उद्देश्यलाई यसैगरी फ्रान्सवासी नेपालीहरुको साथ आवश्यक रहेको बताउनु भएको थियो ।

 देउसी भैलो कार्यक्रम

प्रकाश सापकोटा
प्रवक्ता
एनआरएनए फ्रान्स

नेपाली घरद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK