गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

ENGLISH

NRN GLOBAL

गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

28 December, 2016 | Bipin Acharya | 1030 Views | comments

बार्सिलोना/ पछिल्लो समय अफ्रिका क्षेत्रमा नेपालीहरु अलपत्र परेका घटनाहरु दिनप्रति दिन बढीरहेको बेला यसलाई तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक सम्पन्न भएको छ। मानव तस्करी रोक्न तथा यस बारे उचित कदम चाल्न,आवश्यक संयन्त्र निर्माणका लागि माग गर्दै एनआरएनको तान्जानिया दार ए सलाम घोषणापत्र आइतबार जारी भएको हो ।

img_1347-696x464

बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको भन्दै पूर्व तथा पश्चिमी अफ्रिकी मुलुकलाई समेट्ने गरी एक- एक वटा राजदूतावास स्थापना गर्नुका साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गरेको छ । यस्तै रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन नेपाल सरकारसँग अनुरोध गर्दछ भन्दै घोषणापत्र जारी गरेको छ ।

अफ्रिकी क्षेत्रमा रहेका पन्ध्र बटा राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागि दुई दिने बैठकले बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएए अफ्रिका आपत्कालीन राहत कोष’लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया पुर्याउँने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यस्तै अफ्रिकाका विभिन्न मुलुकले पर्यटन क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव आदान प्रदान एवम् अफ्रिकामा नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको पर्यटन प्रवर्द्धन समिति तथा नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्ने घोषणापत्रमा उल्लेख छ ।

अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले,उपाध्यक्ष कुमार पन्त,कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका संयोजक सुनिल कार्की लगायतका एनआरएन अभियन्ताहरु सहभागी बैठकले अफ्रिकाका अन्य विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण समेत गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK