गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल

ENGLISH

SPECIAL

गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल

12 October, 2017 | Sandeep Bhattarai | 975 Views | comments

नेपाल मेडीसीटी अस्पताल

गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल स्थापना गरिएको छ । ललितपुरको भैंसेपाटीमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पताल निर्माण गरेका हुन् ।

बुधबार एनआरएनए स्थापना भएको १४ औं वर्ष पूरा हुँदै गर्दा विदेशमा रहेका नेपालीको लगानीमा स्थापित अस्पतालको उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछाने, अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र उद्योगी चन्द्र ढकालले संयुक्त रुपमा गरेका थिए ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले नेपाल मेडीसीटी अस्पतालले विशेषगरी गुणस्तरिय स्वास्थ्य सेवा र बिरामीहरुको सुरक्षालाई पहिलो प्रथामिकतामा राखेको बताए । अस्पतालले साधारणदेखि न्यूरो साइन्सेज, कार्डियाक साइन्सेज, अर्थो एण्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजीलाई सेन्टर अफ एक्सेलेन्सको रुपमा विकास गरी सेवा उपलब्ध गराउने जनाएको छ । क्रमशः अन्य विधालाई पनि सेन्टर अफ एक्सेलेन्सको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकता दिँदै विदेशबाट उपचार गर्न नेपाल आउने वातावरणलाई सहजता प्रदान गर्दै उपचारको उत्कृष्ट गन्तव्यको रुपमा नेपालको स्वास्थ्य क्षेत्रलाई पहिचान गराउने जनाएको छ । अस्पतालको मुख्य डिजाइन र मास्टर प्लान अमेरिकन प्रविधि अनुसार गरिएको छ भने ५ लाख ८० हजार स्क्वायर फिटमा फैलिएको छ । अस्पताल हेलिप्याड सहित ८ तल्लाको रहेको छ ।

कारोबारबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK