गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोष स्थापना

ENGLISH

NRN GLOBAL

गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोष स्थापना

23 January, 2017 | Krishna Adhikari | 830 Views | comments

acकुमार ,रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिल बहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाताखोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो ।

गत शुक्रबार स्वर्गीय पुलामीकी पत्नी हिरादेवी पुलामी, छोरा एवंम् भानु निम्न माध्यमिक विद्यालयका प्राचार्य खिमलाल राहाडीको उपस्थितिमा संस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्य र सचिव केसव कंडेलले उक्त सहयोग रकम अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए ।

रोजगारीका सिलसिलामा कतारमा कार्यरत गुल्मी ठुलो लुम्पेकका स्थानिय युवाहरुको सहयोग तथा गुल्मी सेवा समाज कतारको विशेष पहलमा अक्षयकोष स्थापनार्थ उक्त रकम सङ्कलन गरिएको हो ।

सहयोग रकम बुझ्दै स्वर्गिय पुलामीकी पत्नी हिरादेवीले गुल्मी सेवा समाज कतार तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रकट गरीन । उनि भन्छिन श्रीमानलाई त मैले कलिलो उमेरमा गुमाए, श्रीमानको साथ मेरो भाग्यमा यतिनै लेखको रहेछ, यी साना बालबालिकालाई राम्रो शिक्षादिक्षा दिएर वाबुको कमि महसुस हुन नदिई भविष्य उज्ज्वल बनाउने सपना छ । गुल्मी सेवा समाज कतारको साथ र सहयोगका लागि सदैव आभारी रहेको बताइन ।

गुल्मी ठुलो लुम्पेक ४ निवासी दिल बहादुर पुलामीको गत २२ जुन २०१६का दिन ३२ बर्षको उमेरमा कतारमा निधन भएको थियो । स्वर्गीय पुलामीका श्रीमती, ३ छोरी र एक छोरा छन । १२ बर्षकी जेठी छोरी निरुता ७ कक्षामा अध्ययनरत छिन, त्यस्तै ११ वर्षिय माईली छोरी मनिषा ५ कक्षामा, ८ बर्षकी कान्छी छोरी तिर्सना २ कक्षामा अध्ययनरत छन भने छोरा कुसल १९ महिनाका मात्र भएका छन ।

साना बालबालिकाहरुको शिक्षादिक्षाका लागि यहाहरुले पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले काष्ठमण्डप डेभलपमेन्ट बैंकमा रहेको खाता नम्बर ००२०१७००५४००७०००००१ मा सिधै रकम जम्मा गराउन पनि सक्नुहुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK