गुल्मी जिल्ला समाज यूकेको एघारौ बार्षिक साधारणसभा सम्पन्न

ENGLISH

NRN GLOBAL

गुल्मी जिल्ला समाज यूकेको एघारौ बार्षिक साधारणसभा सम्पन्न

30 May, 2017 | Sandeep Bhattarai | 525 Views | comments

गुल्मी जिल्ला समाज यूके

गुल्मी जिल्ला समाज यूकेले एघारौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा साउथ ईस्ट लण्डनको चाल्टर्नस्थित चाल्टर्न एथ्लेटिक क्लबको सभाहलमा हालै सम्पन्न भएको साधारणसभामा भावि कार्यदिशा, विधान संशोधन र परिमार्जन लगायतको विषयमा छलफल भएको बताइएको छ ।

उक्त साधारणसभामा विधान समितिका संयोजक तथा उपाध्यक्ष फडिन्द्र भट्टराई र सल्लाहकार केशव भण्डारीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमा सहभागीहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।राजन खरेलको स्वागत मन्तव्य तथा महासचिव शिव भण्डारीको सञ्चालन रहेको उक्त साधारणसभा कार्यक्रममा सल्लाहकार बालजंग अर्याल, संस्थापक ओम प्रसाद थापा र पूर्वअध्यक्ष अर्जुन गौतमले सम्बोधन गरेका थिए ।

महासचिव शिव भण्डारीको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारानाथ भण्डारीको आर्थिक प्रतिवेदन रहेको उक्त कार्यक्रममा बेलायत भ्रंमणमा रहेका लोकदोहोरी गायक राजु ढकाललाई समाजका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।

साधारणसभामा कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु मोति राम भण्डारी, फत्त थापा, रण केसी, रोमनाथ पाण्डे, गोर्कण वस्नेत, मिन दर्लामी, दासुराम पाण्डे, खड्क रेश्मी, चक्र बहादुर राना लगायत झण्डै ६ दर्जनको संख्यामा उपस्थिति रहेको थियो ।

गुल्मी जिल्ला समाज यूकेद्वारा चेपाङ घरको लागी सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK