गुगलको नयाँ स्मार्टफोन अक्टोबरमा

ENGLISH

TECH

गुगलको नयाँ स्मार्टफोन अक्टोबरमा

18 September, 2017 | Kunjar Bhattarai | 2935 Views | comments

आगामी ४ अक्टोबरमा गुगलले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै सार्वजनिक भएको गुगलको एक नयाँ टिजर अनुसार पिक्सेल टू र पिक्सेल टू एक्स एल नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज हुने भएको हो ।
यद्यपि यस दिन गुगलका कुन कुन फोन आउँदैछन् भन्ने नभनिए पनि उल्लेखित दुबै स्मार्टफोन गुगलले एकसाथ सार्वजनिक गर्ने अड्कल गरिएको बताइएको छ ।यो वर्ष अन्य सबैजसो प्रतिस्पर्धी कम्पनीहरुले आफ्ना फ्लागसीप फोन लञ्च गरिसकेको अवस्थामा गुगलको स्मार्टफोन लञ्च वर्षको अन्तिम हेभीवेट लञ्च हुनेछ।

एप्पलले आफ्ना तीन नयाँ स्मार्टफोन लञ्च गरेको दुई दिनपछि नै गुगलले उक्त टिजर सार्वजनिक गरेको हो । पिक्सेल टू र पिक्सेल टू एक्स एल गूगलका फ्लागसीप स्मार्टफोन हुनेछन् ।त्यस्तै गुगलले अर्को एक रोचक भिडियो पनि सार्वजनिक गरेको छ । जसमा स्मार्टफोन सम्बद्ध विभिन्न प्रश्नहरु सोधिएको छ र त्यसको जवाफ अक्टोबर ४ मा पाइने संकेत गरिएको छ ।

एक रिपोर्टलाई आधार मान्दा गुगलको पिक्सेल टू स्मार्टफोन एचटीसी कम्पनीले बनाइरहेको छ । यो फोनमा स्क्विजेबल फ्रेम हुनेछ । यसमा फोनको स्क्रिनलाई दबाएकै भरमा विभिन्न कार्य गर्न सकिन्छ ।त्यस्तै पिक्सेल टू एक्स एल भने एलजी कम्पनीले बनाइरहेको छ । यसमा ६ इन्चको भेजललेस डिस्प्ले हुनेछ, जुन एलजीको जी सिक्स तथा भी ३० स्मार्टफोनमा रहेको छ ।

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK