गीत संगीत बाट टाढा रहन नसक्ने- प्रकाश कटुवाल

ENGLISH

INTERVIEW

गीत संगीत बाट टाढा रहन नसक्ने- प्रकाश कटुवाल

23 September, 2016 | Krishna Adhikari | 3810 Views | comments

parkesh

भावना पाठक-नेपाली लोक तथा दोहोरि क्षेत्रका एक चर्चित हस्ती हुन् प्रकाश कटुवाल | बिगत डेढ दशक देखि नेपाली लोक तथा दोहोरि क्षेत्रमा उनले आफ्नो कला लगानी गरेका छन | सुरुका दिनहरु अलि कठिन भएपनि संघर्ष गर्दा जादा उनि अहिले नेपाली लोक दोहोरीमा सबैले चिन्ने र सम्मान गर्ने एउटा नाम भैसकेका छन |

रामेछाप जिल्लामा जन्मेर,अहिले राजधानी बस्दै आएका उनि सुरुमा गित संगीतमै केहि गर्छु भनेर नै आएका थिए | एउटा गित गएपछि साथी भाइको लहै लहैमा लगेर बहराइन तिर हानिए | दुइ बर्षको समय उनले लोक संगीतलाई छातीमा राखेर बहराइनमा नै बिताए |

त्यहाँ बाट फर्के लगत्तै उनले आफ्नो रुचिको क्षेत्र पक्रिहाले | गीत संगीत बाट टाढा रहन नसक्ने भएकै कारण उनले यसैमा संघर्ष गर्ने विचार गरे | सुरुमा अलि गार्है थियो | मौलिक धारका धेरै गीत गएपनि चर्चामा आउन नसकेपछि ब्यबसायिक रुपमा अघि आउन र यसै क्षेत्रमा बाच्नको लागि फरक धार अंगाल्नुपर्ने सोच उनले बनाए |

थुप्रै गीत गाएका छन | करिब ५ सय गीत गाइसकेका छन अहिले सम्म | तर वास्तविक चर्चामा भने उनलाई श्रीदेवी देवकोटा संग गाएको कन्याइदेउ न बाइ बोलको गीतले दियो | यो गीतबाट सकारात्मक र नकारात्मक दुवै प्रत्रिकृया पाएपछि दुबैलाई आत्मसात गरेर उनले चोर बिरालो,ढाडे बिरालो,जस्ता चर्चित गीत गाए | यी गीत बाट पनि उनलाई दुवै थरिका प्रतिक्रिया आए |

सुन्दर रामेछाप उनले आफ्नो मातृभूमि सम्झेर गाएको सुन्दर एबम कालजयी गीत हो | रामेछापको सुन्दर भाग हरु समेटेर तयार गरिएको गीत उनलाई पनि आत्मसन्तुष्टि दिने गीत मध्ये पर्दछ |

लोक गीतलाई मनोरंजन मात्र हैन समाजको दर्पनको रुपमा स्वीकार गर्ने हरेक मान्छेले सम्झन लायक गीत सुन्दर रामेछाप पछि उनले फेरी व्यवसायिक धारकै गीत गएका छन |

स्वदेश तथा विदेशको कार्यक्रममा पनि अहिले उनको माग तेतिकै मात्रामा आउन थालेको छ | स्टुडियो र स्टेजमा दुवै ठाउमा चलेका र जमेका छन प्रकाश कटुवाल |

लोक गीत पहिला र अहिले निकै फरक छ भन्ने प्रश्नमा उनि भन्छन -समय अनुसारको माग हो | टिपिकल गीतले मात्र संगीतकर्मी बच्न नसक्ने अवस्था आएपछि अलिकति परिमार्जित गर्नुपरेको हो |

टिपिकल गीतले लोक गीत बाच्न सक्छ तर सरजक बाच्न सक्दैन | जब सम्म सरजक बाच्न सक्दैन भोलिका दिनमा लोक गीतलाई कसरि बचाउने उनले भने – ब्यबसयिकता हुनुपर्छ तर मौलिकता भुल्न हुदैन |

बिगत १४ बर्ष देखिको संघर्ष स्वरुप अहिले उनि सफल गायक बनिसकेका छन | यतिबेला राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको चुनाव नजिक आउदैछ | त्यसमा उनले पनि सदस्य पदको लागि आफ्नो उम्मेदवारी दिएका छन |

प्रतिष्ठानको काम के हो र तपाइको उम्मेदवारी के का लागि भनें प्रश्मा उनि भन्छन – प्रतिष्ठानको काम लोकदोहोरी क्षेत्रलाई मर्यादित बनाउन र सम्पूर्ण कलाको संरक्षण गर्ने हो | एकबद्ध भएर अघि बढ्ने र लोकदोहोरीमा आएको बिकृति र बिसंगी हटाइ यसलाई बिसुद्द टिपिकल बनाउने प्रयास प्रतिष्ठानको हो |मेरो उम्मेदवारी पनि यसै संग सम्बन्धित छ | संस्थामा रहेर काम गर्ने सोच पलाएर हो | संस्थागत रुपमा अघि बढ्न सकियो भने व्यक्ति सस्था र संस्कृति सबै कुरालाई फाइदा हुन्छ |

यी र यस्तै बिषयमा गायक प्रकाश कटुवाल संग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस :

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK