गीति एल्वम “सायद २” को जस्लाई मैले बोलको गीत सार्वजनिक(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गीति एल्वम “सायद २” को जस्लाई मैले बोलको गीत सार्वजनिक(भिडियो सहित)

17 September, 2016 | Sandeep Bhattarai | 1385 Views | comments

कुमार “अविरल” पन्थीबसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बसन पोख्रेल र निकिता पोख्रेलको आधुनिक गीति एल्वम “सायद २” सार्वजनिक भएको छ । “सायद २” एल्वममा समाबेश गरिएको “जस्लाई मैले” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीति एल्वम “सायद २”

पछिल्लो समय नेपाली गीत सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई विशेष प्राथमिकतामा राखेर गितहरु तयार हुने क्रम बढिरहेको छ । अझ भन्नुपर्दा नेपाली बजारमा एल्बम त बिक्नै छोडे भिडियो नबनाए सम्म गीत मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा कलाकारहरुले आफ्नो दैनिकी गुजारी रहेका छन ।

नेपाली सङ्गीत बजार ओरालो लागेतापनि कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा चलिरहेको छ । भर्खरै मात्र सार्वजनिक गरिएको “जस्लाई मैले” बोलको गीतमा नेपाली सुगम संगीतका बहुचर्चित गायक शिव परियारले स्वर दिएका छन । उक्त गीतमा टुरिष्ट जंग वि.क.को शब्द तथा भद्र वलीको संगीत रहेको छ ।

गीतमा आफुले मन पराएको मान्छे अर्कैको भएको कथा वस्तुलाई लिएर तयार गरिएको गीतका रचनाकार टुरिष्ट जंग वि.क. बताउछन । विक थप्छन मैले यस गीतको शब्द बनाउदा निकै मेहनत गरेर तयार पारेको छु, यहासम्म कि आफुले नै मायामा धोका खाए जस्तो अनुभव भैरहेको छ । तर यो वास्तविकता नभई केवल गीत र भावनामा मात्र रहेको कुरा साझा नेटवर्कलाई बताए ।

उक्त गीतको भिडियोलाई क्रान्ति के.सी.ले निर्देशन तथा सम्पादन गरेका हुन । त्यस्तै गीतको भिडियोमा पछिल्लो समय अभिनयमा व्यस्त तथा चर्चित बन्दै गईरहेका मोडल बिक्रम बुढाथोकी, कृष्टिना थापा र सञ्जय पौडेलले अभिनय गरेका छन । गीतलाई बसन्त फिल्मस् प्रालिले बजारमा उपलब्ध गराएको हो ।

भिडियो –

यो पनि हेर्नुस – भगिरथ दाहालको नेपाली गीति एल्बम “अनुकम्पा “तथा गीति सङ्ग्रह “आफ्ना पराया “अमेरिकामा सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK