गिरी स्पेनका लागि पर्यटन दूतमा नियुक्त

ENGLISH

NRN GLOBAL

गिरी स्पेनका लागि पर्यटन दूतमा नियुक्त

5 January, 2017 | Sandeep Bhattarai | 970 Views | comments

एकराज गिरीस्पेनमा बसेर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका एकराज गिरी नेपाल पर्यटन दूतमा नियुक्त भएका छन् ।

राजधानी म्याड्रिड क्षेत्र लगायत समग्र स्पेनबाट नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि भन्दै गिरीलाई पर्यटन दूतमा नियुक्त गरेको हो । गिरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा राष्ट्रिय समन्वय परिषद स्पेनका पूर्व अध्यक्ष समेत हुन् ।

नेपाल पर्यटन बोर्डले सोमबार पत्र जारी गर्दै आगामी दुई बर्षका लागि गिरीलाई पर्यटन दूतमा नियुक्त गरेको हो । यस अघि बार्सिलोना क्षेत्रबाट दिपक खरेल गत बर्ष नै दूतमा नियुक्त भएका थिए। बर्षेनी १३ हजार भन्दा बढि पर्यटकहरु नेपाल पुग्ने स्पेनका लागि बोर्डले यो सँगै दुई जनालाई दूतमा नियुक्त गरेको छ ।

हालै बसाई सरेर स्पेनको राजधानी म्याड्रिड पुगेका गिरीले नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि नयाँ जिम्मेबारी पाएको बताएका छन् । गिरीले भने, स्पेनबाट नेपालको पर्यटन विकासमा अझ थप प्रभावकारी कार्यक्रमहरु हुन सकोस् भन्ने अपेक्षा बोर्डले राखेको छ । त्यसैले अझ बढि स्पेनिस पर्यटकहरुलाई नेपाल भित्रने बाताबरणका लागि हामी एनआरएनए , संघ-संस्था तथा कन्सुलर कार्यालयसँग मिलेर काम गर्ने छौ ।

न्युजिल्यान्डका लागि पर्यटन दूतमा बुद्धिसागर नियुक्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ सार्वजनिक

कलाकार समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ गीति...

गायक प्रमोदको ‘हावा सरी’ सार्वजनिक (भिडियो सहित)

गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत ‘हावा सरी’...

विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK