गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ – दाहाल

ENGLISH

गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ – दाहाल

12 November, 2017 | Bhawana Pathak | 690 Views | comments

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उहाँका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गर्नुभयो ।

संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । नेता दाहालले भन्नुभयो, “राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु । यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन ।”

अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उहाँले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिनुभयो । चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK