गायिका शिला राई एक पछि अर्को हिट गीतहरु पस्किदै (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायिका शिला राई एक पछि अर्को हिट गीतहरु पस्किदै (भिडियो सहित)

2 June, 2016 | Sandeep Bhattarai | 655 Views | comments

संगीत भनेको सधाना हो, निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ साङ्गीतिक क्षेत्रमा स्थापित बनाउछ यसैको एउटा राम्रो उदारण बनेकी छिन पूर्वेली गायिका शिला राई l

sila

धनकुटादेखि सुनसरी हुँदै काठमाडौँमा आएर स्थापित हुन सफल गायिका शिलाले दर्जनौ गीतहरुमा आफ्नो सुमधुर मिठो आवाज भरि सकेकी छिन l आफ्नो साङ्गीतिक यात्रामा आफ्नै दुइ वटा एल्बम “कस्तो मन” र “प्रेम” नेपाली बजारमा ल्याएर सर्बाधिक चर्चामा रहन सफल गायिकाले अन्य दर्जनौ गित हरुमा आफ्नो जादुमय स्वर भरेर चर्चामा नै रहन सफल भएकी छिन l “थुन्चेको भारि बिसाउदै” ,”चिन्डोको बिर्को खोलन” जस्ता पूर्वेली भाकाहरुलाई जस्ताको त्यस्तै जन जिब्रोमा उतारेर संगीतको पारखीहरुको रोजाइमा पर्न सफल गायिका शिला नेपाली साङ्गीतिक फाटकि एक उदयीमान गायिका भन्दा फरक नपर्ला, शास्त्रीय संगीतदेखि आधुनिक संगीत सम्म राम्रो संग बुझेकी गायिकाले यो स्थान सम्म आइ पुग्न भने धेरै दुख संघर्ष गर्नु पर्यो l

उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l यहि संगीत मोहले गर्दा नै उनी हरेक क्षण साङ्गीतिक क्षेत्रमा आफु सफल हुन् संघर्षरत छिन् गायिका शिला राई l संगीत प्रतिको सधानाले गर्दा होला आजभोलि नेपाली साङ्गीतिक बजारमा उनको माग बढ्दो छ l मेला महोत्सब देखि अन्य सांस्कृतिक, स्टेज कार्यक्रमहरु सम्ममा उनको माग बढ्दै गएको जानकारी मिठो आवाजको धनि गायिका शिला राइ दिन्छिन l

पछिल्लो समय निकै नै ब्यस्त बन्दै गएकी गायिका शिलालाई अहिले गीतहरु रेकर्डिङ्ग गर्न भ्याई नभ्याई छ l मिलनसार स्वभाबकि गायिका राई सधै हासेर बोल्छिन संगीतलाइ सरस्वतिको प्रशाद सम्जिने गायिका राई आफुमा भएको कला लाइ सधै आफ्ना दर्शक श्रोताहरुलाई समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन l त्यति मात्र होइन उनी आफ्नो कला सस्कृतिलाई आफ्नो भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन् l

भर्खरै मात्र बजारमा आएको गायिका शिला राईको आवाजमा नयाँ गीत ‘परदेशीको खबर’ अहिले चर्चामा रहदै आएको छ l परदेशको भोगाइलाई यथार्थमा बदलेर सर्जक भुपेन्द्र जँग राईले आफ्नो भोगाइको तितो सत्यलाई यो गीत मार्फत पोखेका हुन् र संगीतकार डक्टर किरातले संगीत भरे जुन गीतलाई जिबन्त आवाज भरेर गायिका शिलाले झन् सुनमा सुगन्ध थपेकी छिन् l उनी भन्छिन यो गीत भित्र पिडा लुकेको छ, परदेशमा बस्दाको दुख लुकेको छ र परदेशीको आत्माको आवाज शब्द र संगीत मार्फत छर्लंग भएको छ l

आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीतलाई सधै सम्रक्षण गर्न लागि पर्ने गायिका शिला राईलाई हाम्रो तर्फबाट पनि लाखौ लाख शुभकामना l

भिडियो –

यो पनि हेर्नुस – गायक महर्जनको ‘अमर-२’ एल्बम सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK