गायिका रुपा रौतारको एल्बम ’हिम्मत भाकी छोरी’ सार्वजनिक

ENGLISH

ENTERTAINMENT

गायिका रुपा रौतारको एल्बम ’हिम्मत भाकी छोरी’ सार्वजनिक

14 August, 2018 | Sandeep Bhattarai | 5865 Views | comments

एल्बम

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ’हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकास घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए ।सानोमा आफ्नो दुबै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ ।

कार्यक्रममा निर्माण भएको दुई भिडियो पनि देखाइएको थियो भने मेरी आमा बोलको गीतलाई रुपाले लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।

‘लेख्दै छु’ बोलको गीतमा प्रविन खड्काको छायांकन , प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो । यसैगरी सार्वजनिक शिर्ष गीत हिम्मत भाकी छोरीलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । यसमा भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी, निर्देशक मनोज पण्डित, संगीतकार राजु सिंह ,गायिका एन्जिला रेग्मीको उपस्थिति रहेको थियो ।

हरिवंश आचार्य – रुपा बहिनिको स्वरले मन छुन्छ । उहाको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भैयो । गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाको जीवन बोल्छ । उँहाको हात त छैन तर त्यसलाई गलाले अगाडी बढाउनेछ जस्तो लाग्छ । रुपा बहिनिको प्रतिभा आज हामीले देख्यौ, सुन्यौ यसलाई छिट्टै नै विश्वले पनि बुझ्न पाओस, शुभकामना छ ।

बिकास घिरैया अग्रवाल – हामीले आफुले आर्जन गर्छौ, त्यसको केहि प्रतिशत सेवामा प्रयोग गर्दै आएका छौ । हामी मानव सेवालाई नै धर्म मान्छौ । रुपा बहिनिको बारेमा थाहा पाएपछि हामीले सकेको सहयोग मार्फत अगाडी ल्याउने कोशिस गरेका छौ । हामीले उनको प्रतिभालाई चिनेर अगाडी ल्य्याउने कोशिस गरेका छौ, अब मिडियाले सहयोग गरे रुपा बहिनि लक्ष्य प्राप्तिमा सफल हुनुहुन्थ्यो होला ।

सुरेश सेन्चुरी – हामीले बागेश्वरी संगीत विधालय मार्फत प्रतिभालाई अगाडी ल्याउन सदैव तत्पर छौ । यसैक्रममा रुपा बहिनिसँग भेटघाट भयो । उनको प्रतिभालाई देखेर हामीले विगत ६ वर्ष देखि संगीतको प्रशिक्षण दिईरहेका छौ । उनको आत्मविश्वासले नै उनलाई यहाँसम्म लिएर आएको छ । हामीले उनलाई यहाँसम्मको यात्रामा लिएर आएका छौ, अबको यात्रामा मिडियाले उनलाई अगाडी बढाउनु हुनेछ भन्ने विश्वास छ ।

लोकदोहोरी एल्बम ‘साडी चोली’ सार्वजनिक ( भिडियो सहित )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK