गायिका कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील साधारण सदस्यबाटै निष्काशित

ENGLISH

NRN GLOBAL

गायिका कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील साधारण सदस्यबाटै निष्काशित

विजय थापा –

25 September, 2017 | Sandeep Bhattarai | 1165 Views | comments

सुशील नेपाल

यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्य बाट निष्काशित गरेको छ l

गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो विशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो l

उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम् उपस्थित भएका थिए l उनलाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ l उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को बिधानको धारा ५ ,परिच्छेद १ को उपधारा १ अनुसार कारवाई गर्दै निस्काशित गरेको हो l

बिधानको साथै संस्था को छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिबार कै दिन देखि लागु हुने गरि निस्काशन गरेको निर्णय गरेको कुरा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )का अध्यक्ष माधव ढकाल तथा महा सचिब कृष्ण श्रेष्ठ द्वारा जारी छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ l

नेपालले २० बर्षिय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुर्व्यहार गरेका थिए l

पीडित कार्कीले संस्थागत कारवाही ढिलो भएकोले उनले आफुमा परेको पीडा सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक ) मार्फत प्रत्यक्ष प्रसारणमा आफूले भोगेका कुराहरु र सुशील नेपालले भनेका कुराहरु आफ्ना दर्शक ,शुभचिन्तक तथा बिश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् l

आरोपी र पीडक सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए l

अमेरिकामा यूवा कलाकार निक्की कार्की यौन उत्पीडनको शिकार(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK