गायिका कमला गुरुङको तिज गीत “माइती गाँउ” सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायिका कमला गुरुङको तिज गीत “माइती गाँउ” सार्वजनिक (भिडियो सहित)

कुमार “अविरल” पन्थी, काठमाडौँ

3 July, 2017 | Sandeep Bhattarai | 815 Views | comments

गीत

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुलाई तिजको चटारोले भ्याइ-नभ्याइ छ । यतिबेला कलाकार तिजका गीत गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त रहेका छन् ।

कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुलाई भिन्न भिन्न खालका तिज गीतहरु बजारमा निकालेर नयाँ तवरले मनोरञ्जन दिन जुटीरहेका छन । पछिल्लो समय तिजका गीतहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता पनि आउन थालेका छन् ।

हमाल म्युजिकको प्रस्तुतिमा गायिका कमला गुरुङको तिज गीत “माइती गाँउ” बजारमा आएको छ । गुरुङ्को उक्त गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । हरेक वर्ष तीजको अवसर पारेर गायिका गुरुङले छुट्टै महत्वका गीत दर्शकहरु माझ पस्कने गर्छिन । गत वर्षको तीजमा “लभ छुटेको माया” एल्बम बजारमा ल्याएकी गुरुङले यसपालीको तिजमा “माइती गाँउ” बोलको तिज गीत सार्वजनिक गरेकी हुन् ।

उक्त तिज गीतमा गायिका गुरुङ र गायक खुमन अधिकारीको स्वर रहेको छ। गीतको भाव अनुसार गायिका गुरुङले श्रीमानसँग माइत जान ढिला भएको र “माइती गाँउ” जाने बस पनि गईसकेको कुराहरु गरेकी छिन । यतिबेला प्रवासमा रहेकी गुरुङले ५ ओटा एल्वम बजारमा निकालिसकेकी छिन् ।

मौलिक भाकामा सजिएको “माइती गाँउ” एल्बममा सामाजका वास्तविक कथा बस्तुलाई दर्शाउन खोजिएको छ । गीतमा हरि प्रसाद न्यौपानेको शब्द तथा कृष्ण सापकोटाले लय सृजना गरेका छन । चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको भिडियोमा कृष्ण सापकोटा र रन्जु अधिकारीले अभिनय गरेका छन ।

गीतको भिडियोलाई सुरेस श्रेष्ठले छायाँकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन भने दृश्य निर्माण गुरुआमा फिल्मसले गरेको छ ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK