गायक प्रकाश ओझालाई १० बर्ष जेल,यस्तो छ उनले गरेको अपराध

ENGLISH

ENTERTAINMENT

गायक प्रकाश ओझालाई १० बर्ष जेल,यस्तो छ उनले गरेको अपराध

28 January, 2017 | Bhawana Pathak | 730 Views | comments

विवाद र चर्चामा आइरहने गायक प्रकाश ओझा फेरि पक्राउ परेका छन् । इटहरीको दोस्रो पुस्ताका गायक तथा कलाकार ओझा १४ वर्षअघिको यौनकाण्डमा दोषी देखिएका हुन् ।

Prakash-Ojha

२०५९ सालमा भएको यौन काण्डको मुद्दामा पुनरावेदन अदालत विराटनगरले ओझाको पक्षमा फैसला गरेको थियो । तर सोही फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले शुक्रबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले गायक ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ ।

को हुन् प्रकाश ओझा ?
प्रकाश ओझा इटहरीका दोस्रो पुस्ताका कलाकार हुन् । गायन, सङ्गीत र अभिनय तीनै बिधामा एकैसाथ ओझालाई रुचाइएको थियो । इटहरीमा २०५५ सालमा ‘झ्यानाकुल्टुङ्ग’ नामको एल्बम् निकालेर उनको साङ्गीतिक यात्रा सुरु भएको हो । त्यसपछि ओझाको सोल्टिनी नानी, जीमखानालगायतका एल्बमले बजार पिटे । ५४ सालतिर मदानी समूहको स्थापनासँगै ओझाले अभिनयामा हात हालेका थिए ।

नाटक तथा गीत सङ्गीतको विभिन्न गतिविधि गरेको यो संस्थाले इटहरीको साङ्गीतिक तथा साँस्कृतिक पक्षलाई माथि उठाएको इटहरीको कला क्षेत्रलाई नजिकबाट चिन्नेहरु बताउँछन् । इटहरीमा साँस्कृतिक र सांगीतिक क्षेत्रमा काम गर्दा गर्दै उनले कान्तिपुर टेलिभिजनमा तितेकरेली नामको हाँस्यव्यङ्ग्य टेलिचलत्रिमासमेत काम गर्न थालेपछि उनको झनै चर्चित बने । त्यही बेला उनको ‘बाउले बिहे गर्देनन् पाेहाेर पनि’ बोलको गीत धेरैको मुखमा झुण्डिएको थियो।

चर्चाको शिखरमा रहेकै बेला जेल परेपछि उनले चार सय ७७ दिन जेल जीवन बिताए । जेलबाट निस्किएपछि उनले चार सय ७७ नामक एल्बम् पनि निकालेका थिए । जेलबाट निस्किएपछि पनि लगातार साङ्गीतिक क्षेत्र र अभिनयमै लागेका ओझाको ‘आई लभ यू सेन्तेरम’ अहिले चर्चामा आएको गीत हो । ओझाले जेलबाट छुटेपछि त्रास नामक फिल्मको निर्देशन गरे भने दाइको ससुराली नामक चलचित्रमा समेत अभिनय गरे ।

यस्तो छ अपराध
जतिबेला बाउले बिहे गर्देनन् पाेहाेर पनि बोलको गीत चर्चाको शिखरमा थियो त्योभन्दा चर्चा भयो उनको र मोडल ज्योती खड्काको यौन भिडियोको । यही बेला प्रकाश ओझाको कान्तिपुर टेलिभिजनमा तितेकरेली पनि हिट थियो । इटहरीकै ज्योती खड्का (जेसिका) पनि मोडलिङमा जम्दै थिइन् । इटहरी जनता बस्तीकी खड्काको ओझासँग राम्रै हिम चिम थियो । आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरेकी खड्कालाई नायिका बन्ने सपना थियो । यही सपना पूरा गराइदिने आश्वासनमा गायक ओझाले शारीरिक सम्बन्ध राखेको आरोप लागेको थियो ।

सँगै ओझाले अन्य दुई जना बालिकालाई समेत प्रलोभनमा पारेर यौन सम्पर्क गरेको र त्यसको भिडियो खिचेर पैसा कमाउने उदेश्यले अनलाइनमा अपलोड गरेको आरोप लागेको थियो । दुईजना बालिका पनि कला क्षेत्रका सिकारु हुन् । ओझा आफैले भने पटक पटक सञ्चारकर्मीसँग व्यपार गर्ने उद्देश्य नभएको र आफूलाई फसाइएको बताउँदै आएका थिए । यो घटनाकी पीडित जेसिका (ज्योती) खड्काले चार वर्षअघि आत्महत्या गरिन् ।

सीआईबीको टोलीले गर्‍यो पक्राउ
अहिले सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै ओझालाई मानव बेचविखन र ओसार पसारको दुईवटा मुद्दामा ५/५ वर्षको जेल सजाय सुनाएको हो । दुवै मुद्दामा गरी ओझाले १० वर्ष जेल सजाय भुत्तान गर्नु पर्ने छ । माघ पहिलो साता भएको यो फैसला सार्वजनिक भएको थिएन । फैसला लगत्तै फरार ओझालाई शंखमुलबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

ओझालाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । फैसला कार्यान्वयनका लागि केन्द्रिय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ । यसअघि उनले सोही मुद्दामा ४ सय ७७ दिन जेल सजाय भुक्तान गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र...

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK