गायक खरेलको गीतमा निलम खड्काको मोडलिंग (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायक खरेलको गीतमा निलम खड्काको मोडलिंग (भिडियो सहित)

3 July, 2016 | Sandeep Bhattarai | 1065 Views | comments

रोजगारीका लागि युएई पुगेका नेपालीहरु कला, साहित्य, पत्रकारिता, लेखन, गायन अभिनय तथा मोडलिंगको क्षेत्रमा संघर्षरत छन् । कोही संस्थागत रुपमै अगाडि बढेका छन् भने कोही व्यक्तिगत रुपमै चर्चा कमाउँदै गएका छन् ।

modeling

नेपाली गीतसंगीत तथा रजतपटका चर्चित गायक गायिकाहरुका गीत तथा कलाकारहरुसँग मोडलिंगगरिरहेकी निलम खड्का युएईमा त्यस्तै एक संघर्षशील मोडल हुन्, जसले एक वर्षभित्रै चर्चित कलाकारहरुसँग अभिनय गरेर उत्कृष्ट भिडियोहरु निरन्तर सार्वजनिक गरिरहेकी छिन् । उनै खड्काको नयाँ म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

गायक प्रमोद खरेलको नयाँ गीतको ‘अमृत भनी विष दियौं, विषै पनि पिएँ, तिमी मेरै बन्छौै भन्ने पर्खाइमा थिएँ…’ भन्ने गीतमा अनुराग थपलिया र मोहन बोगटीसँग खड्कालाई देख्न सकिन्छ । युएईमा रहेर मोडलिंग गरिरहेका मोहन बोगटी, अनुराग थपलिया र खड्का पछिल्लो समय गुणस्तरीय म्युजिक भिडियोमा अभिनय गर्नमा व्यस्त छन् । गीतको भिडियोमा मोडल खड्काले अभिनय तिखार्दै लगेको प्रस्ट देखिन्छ । भिडियोमा अनुराग, निलम र मोहनको त्रिकोणात्मक वियोगान्त प्रेमकथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोको छायांकन र सम्पादन तारिफ योग्य छ । फोटोजिनेटिक मुहारधारी खड्का काठमाडौंकी बासिन्दा हुन् ।चर्चाको शिखरमा चढ्दै गरेकी फोटोजिनेटिक मोडल निलमको यो तेस्रो भिडियोमा पनि यूएईको अलऐनको प्राकृतिक सुन्दरता, मानव निर्मित हराभरा पार्क, भौतिक सम्पन्नता, अत्याधुनिकता र वैवभतालाई दर्शकहरुले देख्न सक्छन् ।

यूएईमै कार्यरत चर्चित मोडलहरु निलम खड्का, अनुराग थपलिया र मोहन बोगटीको जीवन्त अभिनय अभिनय रहेको भिडियोमा यूएईका रमणीय स्थलहरुलाई कैद गरिएको छ । यो भिडियो सार्वजनिक भएसँगै यूएईबाट पनि उत्कृष्ठ भिडियो बन्न सक्छन् भन्ने प्रमाणित भएको छ । भिडियोको निर्देशक प्रकाश भट्टले गरेका छन् भने क्यामरामा सन्तोस ढकाल रहेका छन् । भिडियोले यूएईमा श्रमरत मोडेलहरुको प्रतिभालाई उकास्ने काम गरेको छ । सुगठित शरीरधारी गोरखाका बोगटीले यसभन्दा अघि करिब एक दर्जन भिडियोहरुमा अभिनय गरिसकेका छन् भने खड्काले यसअघि स्वरुपराज आचार्यको एक गीतमा मोडलिंग गरिसकेकी छिन् ।

निर्देशक प्रकाश भट्ट, नायक जीवन लुइँटेल, मोडल बोगटी अनुरागको सपोर्ट र प्रेरणाले गर्दा यो क्षेत्रमा रुचि बढेको मोडल खड्काले बताएकी छिन् ।

गीतको लिंक –

यो पनि हेर्नुस – सरोजको निर्देशनमा बर्षाको सिरुपाते ओठको बयान गर्ने चार युवाहरु ( भिडियो )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK