गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

25 November, 2017 | Sandeep Bhattarai | 1200 Views | comments

एल्बम

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका गायक तथा कम्पोजर अनिल सिंह फेरी सक्रिय भएका छन् ।

आफ्नै एल्बम समेत ल्याउने तयारीमा रहेका अनिलको सोलो कम्पोजमा ‘फलो मि’ एल्बम तयार भईसकेको छ । यसमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको एकल शब्द रहेको छ भने रविना थापाको एकल स्वर । यस गीतमा रविनालाई अनिलले साथ् दिएका छन् । गीतलाई युट्युबमा रुचाइएको छ । गीतले युट्युबमा ११ लाख भन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।

’कम्पोजरको हिसाबले निकै खुशी छु , दर्शक तथा श्रोताले मेरो कम्पोजलाई रुचाउनु भएको छ’ अनिल भन्छन ’अब संगीतमै फोकस भएको छु , मेरो सोलो एल्बल पनि चाडै आउदैछ ।’ यता पहिलो गीतले पाएको प्रतिक्रियाले उत्साहित छिन्, गायिका रविना थापा । ’गीतबाट प्राप्त प्रतिक्रियाले उत्साहित छु’ रविना भन्छिन ’अब संगीतलाई निरन्तरता दिन थप हौसला मिलेको छ ।’

गीतमा रविनासंगै सन्दीप क्षेत्री , सुशील नेपाल र राजेश थापा देखिएका छन् । गीतमा सेल्फीले बढाउने लोकप्रियतालाई देखाइएको छ । ’गीतमा मैले सेल्फीको आकर्षणलाई चित्रण गर्न खोजेको छु’ गीतकार नरेश भन्छन ’गीतमा मेलोडी अनुसारकै शब्द मार्फत प्रेम भावलाई ब्यक्त गर्ने प्रयास गरिएको छ ।’ गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । गीतमा भरत रेग्मीको सम्पादन रहेको छ भने यसलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । गीतलाई राजेश थापाले निर्माण गरेका हुन् ।

भिडियो –

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’लिएर आए प्रजापति

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK