गामबहादुरको गीतीएल्बम ‘ऐना’ युएईमा सार्वजनिक (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

गामबहादुरको गीतीएल्बम ‘ऐना’ युएईमा सार्वजनिक (भिडियो सहित)

18 July, 2016 | Sandeep Bhattarai | 2435 Views | comments

राम ढुंगेल, युएई–बाग्लुङ जिल्ला ढोरपाटनको भुजी गाउँमा २०४५ सालमा जन्मेका गामबहादुर बिकले रोजगारीका लागि आठ वर्षअघि दुबई जाँदा धन कमाउने एउटै सपना बोकेका थिए । पिता दलबहादुर कामी र माता करमटा बिकका सुपुत्र उनी ‘गगन’ उपनामले पनि चिनिन्छन् । निम्न वर्गीय परिवारका सदस्य उनको गीतसंगीतमा बाल्यकालदेखिकै रूचि थियो ।

eena

पढाइभन्दा बढी ध्यान खिच्यो उनको गीतसंगीत अनि गाउँघरको रोधी र साकेलाले । रस बस्यो गीतसंगीत अनि लोकभाकामा । गोठालो होस् या मेला, जहाँ पनि गीत गुन्जिथ्यो । सानैमा सपना देखे उनले गीत गाउने अनि बाजा बजाउने । थाहा भएन ऊबेला गीतसंगीतमा लाग्न कति कष्ट छ भनेर । उनलाई थाहा थिएन कि दुबईबाटै गीतसंगीतमा लागेर आफ्ना शब्द तथा संगीतमा गायक शिव परिवारले कुनै दिन गीत गाउनेछन् भनेर ।

समयले धेरै कुरा सिकायो । आज उनी ‘ऐना’ गीतीएल्बम सार्वजनिक गर्न सफल भएका छन् । फेरिएको छ उनको परिचय । थपिएको छ जिम्मेवारी । परदेश आएपछि दिनरातको जागिरले उनका सपनाहरु बालुवामा पानी हराए जस्तै सुकेर गए केही वर्षहरु । मनमा संगीतमोह जो दबिएर बसेकै थियो । परदेशको जागिरमा करिब ६ वर्ष जोतिएपछि उनको संगीतप्रेम बौरिएर आयो । सामाजिक सञ्जालमा खेम बिश्वकर्मा र पुष्कर सुनुवारसँग भेट भएपछि उनको मुर्झाएको संगीतमोह एकाएक जाग्यो । अन्ततः गायक शिव परिवारको स्वरमा सजिएको एक गीतको अन्तरा यसरी सुरु गरे गामबहादुरले अनि आफैं संगीत पनि भरे ।

ए हावा मलाई नछोएर चल
मलाई छोए नछुनु अरुलाई
यो पापी समाजले अछूत भन्छन्, मलाई अछूत भन्छ मलाई

खेम बिश्वकर्मा र पुष्कर सुनुवारले धेरै म्युजिक भिडियोमा काम गरेका थिए । गामबहादुरले गीत लेखन, गायन, संगीत, छायांकन र सम्पादनमा हात हाल्दै गए । इच्छाशक्ति भएपछि असम्भव के छ र ? उनै गामबहादुरले १५ जुलाईमा ‘ऐना’ नामको एक आधुनिक गीति एल्बम सार्वजनिक गरेका छन् । सन्ध्या म्युजिकको प्रस्तुति रहेको यस गीतिसंग्रहमा गायक शिव परियार, पुष्कर सुनुवार, मनोजराज शिवाकोटी र गायिका रितु सुनारले स्वर भरेका छन् । यस गीतिसंग्रहमा ‘ए हावा मलाई नछोएर चल…’, ‘धन्यबाद माया गर्नेलाई…,’ ‘भन्न सकिन तिमीलाई माया गर्छु भनेर…’, ‘निराश जीवनको जिउने आशा भैदिए….’ जस्ता बोलका ५ वटा गीत रहेका छन्।

गीतमा कोही मायाबाट पीडित अभिव्यक्ति छन्, कोही कसैको मायाको खोजीमा छन् । उनका गीतमा जातीय भेदभावको विरोध साथै सामाजिक विभेदको सिकार भएका छन् ।‘ऐना’ एल्बमभित्रको एक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । कुलेन्द्र बिश्वकर्मा र केकी अधिकारीको अभिनयमा बनेको उक्त म्युजिक भिडियोको निर्देशन खेम बिश्वकर्मा ‘किमोस’को रहेको छ ।

बिकको प्रथम आधुनिक गीतिसंग्रह ‘ऐना’को विश्वकर्मा समाज नेपाल युएईको प्रथम वार्षिकोत्सवको दिन विमोचन भएको हो । विश्वकर्मा समाज नेपाल युएईका सहसचिव समेत रहेका बिक परदेशको आफ्नो जागिरबाट बचेको समयलाई सदुपयोग गरी बाल्यकालमा आपूmले भोगेको जातीय छुवाछूत जस्ता कुप्रथालाई शब्द संगीतमा उतारेर यस एल्बमलाई तयार पारेका हुन् ।

खेम बिक, पुष्कर सुनार, विश्वकर्मा समाज, युएईको विशेष सहयोग रहेको यस गीतिसंग्रह निर्माणको लागि आमाबुबा, र प्रिया रीतु सुनारको सहयोग रहेको बिकले बताए । केकी र कुलेन्द्र जेलमा परेपछि केकी अधिकारी र कुलेन्द्र बिश्वकर्मा बाल्यकालदेखि नै असल साथी हुन्छन् । तर, फरक केकी ब्राह्मण परिवारकी सदस्य कुलेद्र कथित दतिल परिवारको सदस्य । २१ औं शताब्दीमा किन जातीय भेदभाव किन गर्ने भन्ने सोच केकीको हुन्छ ।

कुलेन्द्र र केकीको गहिरो मायाप्रेम विवाहमा परिणत गर्ने सल्लाह बमोजिम एक दिन केकीले कुलेन्द्रलाई आफ्नो घरमा बोलाउँछिन् । कुलेन्द्र पनि डाक्टर हुन् भन्ने सुन्दा केकीका बुबा मन्त्री शर्मा पनि खुसी हुन्छन् तर परिचय गर्दै जाँदा कुलेन्द्र विश्वकर्मा परिवारका हुन् भन्ने थाहा पाएपछि शर्मा आक्रामक बन्छन् । कुलेन्द्रलाई तुरुन्तै घरबाट निस्किन आदेश दिन्छन् तर केकीलाई उनको प्रेमीप्रतिको दुव्र्यवहार अप्रिय लाग्छ र बुबाको प्रतिवाद गर्छिन् । विवादका बीच केकीले आफ्नो बुबालाई पेस्तोल ताक्दा अचानक गोली चल्छ र मन्त्री शर्माको तत्काल निधन हुन्छ ।

कुलेन्द्रले पनि मन्त्रीका सहयोगीलाई गोली हान्छन् । प्रेमलाई सफल बनाउन केकी र कुलेन्द्र दुवै जना जेलमा पुगेका छन् । केकी र कुलेन्द्र जेलमा परेको प्रसंग रियल लाइफमा नभएर रिल लाइफमा हो । गामबहादुरको शब्द तथा संगीतमा रहेको ए हावा….बोलको गीतको म्युजिक भिडियोमा उक्त कथा समेटिएको छ । गायक शिव परियारको स्वर रहेको गीतमा पुष्कर सुनुवारले अरेन्जरको भूमिका निर्वाह गरेका छन् । निर्देशन खेम विश्वकर्माको निर्देशनमा बनेको उक्त भिडियोमा केकी अधिकारी, कुलेन्द्र बिश्वकर्माको साथमा आदित्य , मोहन, वत्सलको अभिनय पनि देख्न सकिन्छ । भिडियोको छायांकन अमृत सुनुवारले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।

भिडियोको बजार व्यस्थापन सन्ध्या म्युजिक कम्पनीले गरेको छ

गीतको लिंक –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK