‘गाजलु’मा पूर्व कुमारीको प्रेम जीवन (ट्रेलर सहित)

ENGLISH

ENTERTAINMENT

‘गाजलु’मा पूर्व कुमारीको प्रेम जीवन (ट्रेलर सहित)

9 June, 2016 | Sandeep Bhattarai | 545 Views | comments

पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ भोलि शुक्रबार प्रदर्शनमा आउने भएको छ ।

gajalu

चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो । तर कुमारी घरका पदाधिकारीले चलचित्र हेरेपछि यसले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् ।

पूर्व कुमारीको मुख्य भूमिकामा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ हुनुहुन्छ । यो उहाँको पहिलो चलचित्र हो । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाहीलगायत कलाकारको अभिनय छ । मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रका निर्माता रोहित अधिकारी हुनुहुन्छ ।

चलचित्रको लेखकसमेत रहेका निर्देशक बिसीले चलचित्रमा सबै कम उमेरका कलाकारलाई आफूले लिएको र यसको कथावस्तु पनि यसअघि कसैले उठान नगरेका विषयको भएकाले दर्शकले मन पराउने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “नेपाली समाजको एउटा गम्भीर विषयवस्तुलाई उठाएको भए पनि यो रोमान्टिक प्रेमकथामा आधारित चलचित्र हो ।”

बिसीले यसअघि युवा पुस्तालाई लक्ष्य गरी ‘होस्टेल’, ‘जेरी’ जस्ता चलचित्रको निर्देशन गरिसक्नुभएको छ ।

ट्रेलर –

यो पनि हेर्नुस – अष्ट्रेलियामा ड्रीम्सको चर्चा सेलाउन नपांउँदै गाजलुको चर्चा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK