गाईको मद्दतले बनाउन सकिन्छ एड्स विरुद्धको सुई

ENGLISH

WORLD

गाईको मद्दतले बनाउन सकिन्छ एड्स विरुद्धको सुई

22 July, 2017 | Bhawana Pathak | 1370 Views | comments

अमेरिकी शोधकर्ताका अनुसार एचआइभीबाट लड्नका लागि बनाइने सूइमा गाइले निकै सहयोगी भूमिका खेल्ने अनुमान गरिएको छ ।

प्रतिरक्षाको रुपमा यी जनावर लगातार यस्ता विशेष एन्टीबडिजको उत्पादन गर्दछ जसमार्फत् एचआइभीलाई निको पार्न सकिन्छ ।कप्लेक्स र ब्याक्टेरियायुक्त पाचन तन्त्रका कारण गाइमा प्रतिरक्षाको क्षमता धेरै विकसित हुने गर्दछ ।अमेरिकाको नेशनल इन्स्टिचयुट अफ हेल्थले यो नयाँ जानकारीलाई उत्कृष्ट बताएको छ ।

एचआइभी एक घातक प्रतिद्वन्द्वी हो र यसले यति चाँडो आफ्नो स्थिती परिवर्तन गर्छ कि भाइरसका बिरामीको प्रतिरक्षा प्रणालीमा हमला गर्ने बाटो पाउँछ । एचआइभीले आफ्नो उपस्थितीमा परिवर्तन गरिरहन्छ ।एक सूई बिरामीको रोग प्रतिरोधी प्रणालीलाई विकसित गर्नसक्छ र मानिसलाई संक्रमणको पहिलो स्टेजबाट बचाउन सक्छ ।

गाईको योगदानः

इन्टरनेशनल एड्स भ्याक्सिन इनिशिएटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्यूटले गाईको प्रतिरक्षा क्षमताको विषयमा अनुसन्धान सुरु गरिसकेका छ ।एक अनुसन्धानकर्ता डेविन सोकले बीबीसी न्यूजलाई बताए, ‘यसको परिणामले हामीलाई अचम्मित तुल्याएको छ ।’आवश्यक एन्डीबडीज गाईको प्रतिरक्षा तन्त्रमा थुप्रै हप्तामा बन्ने गर्दछ ।

डाक्टर सोकले भने, ‘यो निकै उन्मुक्त गरिदिने मौका थियो । मानिसमा यस्ता एन्टीबडिज विकसित हुनुमा करिब तीनदेखि पाँच वर्ष लाग्ने गर्दछ ।’उनले भने, ‘यो निकै महत्वपूर्ण छ किनभने योभन्दा पहिले यो यति सजिलो लागिरहेको थिएन । कसलाई थाहा थियो र एचआइभीको उपचारमा गाईको योगदान हुनेछ ।’

चुनौतीः

‘नेचर’ नामको जर्नलमा प्रकाशित नतिजामा दिइएको जानकारी अनुसार गाईको एन्टिबडिजबाट एचआईभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म नष्ट गन सकिन्छ ।प्रयोगशाला परिक्षणमा पत्ता लाग्यो कि ३ सय ८१ दिनमा यो एन्टिबडिज ९६ प्रतिशतसम्म एचआईभीलाई बेअसर गर्न सक्छ ।

अर्का शोधकर्ता डाक्टर डेनिस बर्टनले यो अध्ययनबाट मिलेका जानकारीलाई उत्कृष्ट भएको बताए । उनले भने, ‘मानिसको तुलनामा जनावरको एन्टिबडिज अचम्मका हुन्छन् र एचआइभीलाई नष्ट गर्ने क्षमता राख्छन् ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK