गरिब देशको प्रधानमन्त्रीभन्दा समृद्ध नेपालको सामान्य नागरिक हुनुमा गर्व हुनेछ -गगन थापा

ENGLISH

NRN GLOBAL

गरिब देशको प्रधानमन्त्रीभन्दा समृद्ध नेपालको सामान्य नागरिक हुनुमा गर्व हुनेछ -गगन थापा

रामप्रसाद ढुंगाना

17 July, 2017 | Bipin Acharya | 630 Views | comments

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले देश समृद्ध नभएसम्म प्रधानमन्त्री नबन्ने संकेत गरेका छन् ।

नेपाली जनसम्पर्क समिति इजरायलको प्रथम बार्षिकोत्सवलाई तेलअभिबमा सम्बोधन गर्दै नेता थापाले गरिब देशको प्रधानमन्त्री भन्दा समृद्ध नेपालको सामान्य नागरिक हुनुमै गर्व हुने भनेर यस्तो संकेत गरेका हुन् ।

नेपालले २०९० सालसम्म विकासमा फड्को मार्नैपर्छ भन्दै उनले त्यो समयमा आफूलाई सभासद, मन्त्री र प्रधानमन्त्री बन्नुपर्ने भन्दै शुभेच्छा दिनेहरुप्रति धन्यबाद दिए । गगनले अगाडि भने– ‘मलाई गरिब नेपालको प्रधानमन्त्री बन्नुभन्दा समृद्ध नेपालको सामान्य नागरिक हुनुमा गर्व छ ।’

सम्बोधनका क्रममा पूर्व स्वास्थ्यमन्त्री थापाले प्रवासमा रहेका नेपालीहरुको समस्याले आफूलाई छुने गरेको र घर परिवारदेखि टाढा रहनुपर्दाको उनीहरुको पीडा आफूले महसुश गर्न सक्ने बताए ।

‘नेपाललाई सिंगापुर, स्वीजरल्याण्डभन्दा पहिला श्रीलंका जस्तो बनाउनुपर्ने’

गगनले विभिन्न किसिमका लडाईको सामना गरिरहेको देश इजरायलले गरेको चामत्कारिक बिकासले नेपाललाई गिज्याइरहेको जस्तो आफूलाई लागेको र नेपाल भन्दा धेरै ठूलो द्वन्द्वको मार खेपेको श्रीलंकाको भ्रमणमा जाँदा त्यहाँको विकास र प्रगति देखेर आफूलाई लोभ लागेको बताए । नेपाललाई सिंगापुर, स्वीजरल्याण्ड बनाउँछु भनेर सपना देख्नुको सट्टा पहिला श्रीलंका जस्तो बनाउनुपर्ने उनको धारणा छ ।

‘भारत वा चीन नेपालभित्र खेल्ने कुरा हामीलाई मान्य छैन्’

नेता थापाले नेपालभित्र भारत र चीन दुबैले खेल्ने कुरा कुनैपनि नेपालीहरुलाई मान्य नभएको बताए । चुनाबमा हारजित सामान्य कुरा भएको बताउँदै उनले भने– ‘प्रजातान्त्रिक पद्धतिमा जितहार सामान्य कुरा हो । पार्टी ठुलो सानो हुने क्रम चलिरहन्छ । जुनसुकै पार्टीका नेता हुन् चाँहे त्यो, कांग्रेसका देउबा हुन वा एमालेका ओली वा माओबादी केन्द्रका प्रचण्ड, भारतसँगको सम्बन्ध उस्तै रहनेछ । उनीहरुले देशहित बिपरित कुनै काम र सम्झौता गर्दैनन् ।’ उनले आफ्नो देशको प्रधानमन्त्रीप्रति जनताहरुको विश्वास हुनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउबाप्रति नेपाली जनताहरुको बिश्वास रहेको दाबी गरे ।

‘अबको १८–२० बर्षमा नेपालले चमत्कार गर्नुपर्छ’

नेता थापाले अबको १८–२० वर्षमा नेपालले विकासको मामिलामा फड्को मार्नुपर्ने बताए । ‘हाल देशमा युवापुस्ता जो, पाखुरा खियाउँन सक्छन्, उनीहरुको संख्या धेरै रहेको छ । आश्रितहरुको संख्या थोरै रहेको यो समयमा युवा पुस्ताबाट बढी भन्दा बढी फाइदा उठाउन पर्छ,’ उनले भने– ‘यतिबेला नेपालमा युवाहरुको संख्या धेरै रहेकोले नेपाललाई जवानी चढेको छ । यो जवानी सधैँ रहिरहदैन अबको अठार–बिस बर्षपछि ठिक उल्टो हुने र काम गर्न सक्ने युवाहरुको संख्या घट्दै जाने भएकाले अबको १८–२० बर्षमा नेपालले चमत्कार गर्नुपर्छ ।’

‘अब हरेक सरकारको एजेन्डा नेपालीलाई रोजगारी दिने हुनुपर्छ’

नेता थापाले अब हरेक सरकारको एजेण्डा नेपालीलाई राजेगारी दिनेमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । ‘अबको १० बर्ष लगातार नेपालको आर्थिक बृद्धिदर १० प्रतिशत कायम रहनुपर्छ र यो नेपालले गर्नैपर्ने बाध्यता छ । तिनै चरणको निर्वाचन सकिएपछि देशमा संक्रमणकालको अन्त्य भई जुनसुकै पार्टीको सरकार भएपनि त्यसको एउटै एजेन्डा नेपालीलाई धेरै रोजगारको सिर्जना गर्नसक्ने हुनपर्छ । त्यसका अलावा उद्योग, धन्दा खोल्नको लागी विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको लागि खुल्ला आह्वान गनुपर्छ,’ उनले भने ।

‘नेपालले इजरायलबाट धेरै सिक्नुछ’

नेता थापाले नेपालको नाजुक अर्थतन्त्रको बारेमा चिन्ता प्रकट पनि गरे । उनले कृषि प्रधान देश भएपनि नेपालमा कृषि क्षेत्र फस्टाउन नसकेको भन्दै कृषिमा प्रविधि र आधुनिकिकरण गरिनुपर्ने र इजरायल भन्दा अर्को कुनैपनि देश नेपालको लागी सिक्ने देश नभएको सुझाव दिए ।

कार्यक्रमलाई कांग्रेसका अर्का प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK