गम्भीरलाई कोरियामा मानार्थ सम्मान

ENGLISH

NRN GLOBAL

गम्भीरलाई कोरियामा मानार्थ सम्मान

3 December, 2017 | Sandeep Bhattarai | 755 Views | comments

मानार्थ सम्मान डेढ दशकदेखि दक्षिण कोरियामा नेपाली कला र संस्कृति प्रवद्र्धन आएका गम्भीर श्रेष्ठलाई सियोल महानगरपालिकाले मानार्थ नागरिकबाट सम्मान गरेको छ ।

बुधबार राजधानी सियोलमा आयोजित विषेश समारोहमा नगरपालिकाका मेयर पार्क वन सुनले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरे । कोरियामा अध्ययन गर्न प्रवेश गरेका श्रेष्ठले विद्यार्थी समयदेखि नै यहाँ नेपाली कला र संस्कृतिको प्रचारप्रसार गर्दै आएका थिए । उनी कोरियाका केबीएस, एमबीसी, इदिएसजस्ता टेलिभिजन च्यानल र रेडियोमार्फत कार्यक्रम सञ्चालनदेखि विभिन्न फिल्ममा अभिनय गर्दै प्रवासी अधिकारबारे बोल्दैसमेत आएका छन् ।

थुङगुग विश्वविद्यालयमा कोरियन इतिहाससम्बन्धी अध्ययन गरेका उनी हाल बहुसांस्कृतिक क्षेत्रमा विभिन्न संस्थाहरूमार्फत कार्यरत छन् । पाँच वर्षअघि कोरियन युवतीसँग विवाह गरेका श्रेष्ठले बहुसांस्कृतिक परिवारका अनाथ र असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, युवायुवतीहरूलाई विभिन्न परामर्श दिने कार्यसँगै अन्तर सांस्कृतिक सम्बन्धबारे पनि अभियानहरू चलाउँदै आएका छन् ।

सम्मानप्राप्त गरेपछि श्रेष्ठले नेपाल र कोरियाको सम्बन्धलाई जनस्तरमा अझ गाढा बनाउन सम्मानले थप जिम्मेवारी र अवसर दिएको दाबी गरे । सियोलमा रहेका विभिन्न देशका सक्रिय नागरिकलाई सम्बन्धित दूतावासको सिफारिसमा नगरपालिकाद्वारा हरेक वर्ष मानार्थ सम्मान प्रदान गर्दै आएको छ । नेपालबाट भने यसअघि केपी सिटौला, राजु क्षेत्री, जुनु गुरुङ र हिम गुरुङ मानार्थ सम्मान पाइसकेका छन् ।

कान्तिपुरबाट

पाल्पाली सेवा समाज कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK