गण्डक सम्झौता प्रभावकारी भएन – अभियानकर्मी

ENGLISH

गण्डक सम्झौता प्रभावकारी भएन – अभियानकर्मी

24 May, 2017 | Bhawana Pathak | 700 Views | comments

नेपाल र भारतबीच भएको गण्डक सम्झौता नेपाली पक्षका लागि प्रभावकारी नभएको गण्डक अभियानकर्मीले निष्कर्ष निकालेका छन् ।

दुवै देश बीचको समान हितका लागि गरिएका गण्डक सम्झौता नेपालका पक्षमा मर्म तथा भावनाअनुसार कार्यान्वयन हुन नसकेको गण्डक अभियन्ताले निष्कर्ष निकालेका हुन् । नदी अधिकार अभियन्ताले नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा मंगलबार यस्तो जानकारी गराइएको थियो ।

नेपाल र भारत दुवै देशका जलाधिकारसँग सम्बन्धित सरोकारवालाले नवलपरासीमा छलफल गरी देशको जल, जमिन र जङ्गलका समस्याको समाधानका लागि एक भएर अघि बढ्नका लागि रतन भण्डारीको संयोजकत्वमा एक नदी अधिकार अभियानसमेत गठन गरेको छ ।

भण्डारीको संयोजकत्वमा गठित समितिले छिट्टै नै नेपालका पाँच जलाधिकार क्षेत्र र भारतका जलाधिकार क्षेत्रको समस्या समाधानका लागि नीति तय गर्ने र सोही नीतिअनुसार दुवै देशको जलाधिकार समस्याका बारेमा एक भएर अघि बढ्ने निर्णयसमेत गरेको छ ।

नेपालका पाँच जलाधिकार क्षेत्र कोसी, गण्डकी, वागमती, कर्णाली र महाकालीसँगै भारतको गङ्गा जलाधिकार क्षेत्रका समस्या पहिचान गरी त्यसको समस्याको समाधानका लागि सबै एक भएर अघि बढ्ने पत्रकारसम्मेलनमा ऋषिराज लुम्सालीले बताउनुभयो ।

त्यसैगरी, कोसी जलाधार क्षेत्रका रबिन घिमिरेले पानीको सही सदुपयोग गर्नाका लागि दुवै देशका सरोकारवाला एक भएर अघि बढेमा दुवै देशलाई फाइदा हुनेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी सरोकारवाला संस्था हिमालय सेवा सङ्घ, भारतका मनोज पाण्डेले जल, जमिन र जङ्गलमा सबैको पहँुच हुन जरुरी रहेको बताउँदै त्यसका लागि आफूहरु पनि नेपालका जलअधिकारकर्मीसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी मध्यवर्ती तथा जलाधिकार क्षेत्र नवलपरासीका लालबहादुर बोटेले आफ्नो माझी, मुसहर, वोटे समुदाय जलको उपयोगबाट वञ्चित हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK