खोटाङमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी शिविर सम्पन्न

ENGLISH

खोटाङमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी शिविर सम्पन्न

4 May, 2017 | arjun baral | 930 Views | comments

खोटाङमा साविकमा २० वटा गाविसमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ । रुपाकोट मझुवागढी वडा नम्बर १४ र १५ मा घुम्ती शिविर गरिएपछि यो वर्षको घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको हो ।

शिविरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जानकारी दिइनुका साथै सूचना तथा परामर्श केन्द्रले दिने सेवा सुविधा बारे जानकारी, कागजपत्रको महत्व, निःशुल्क रुपमा सञ्चालित सीप तालिम र कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको छ । शिविरबाट १८ सय जना भन्दा धेरैले सूचना पाएको आयोजक बाल सेवा समाज नेपाल नेर्पा खोटाङले जनाएको छ ।

हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल र बालसेवा समाज नेपाल नेर्पा खोटाङको साझेदारीतामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना। विद्यालय तथा आम सञ्चार कार्यक्रमले गरेको शिविरमा सामाजिक परिचालक लिला निरौला, विनिता राई र अञ्जु राईले सहजीकरण गर्नु भएको थियो ।

शिविरमा विदेश गएकाहरुले भनेको काम र दाम नपाएको, विदेश जान एजेण्टलाई दिएको पासपोर्ट फिर्ता नपाएको लगायतका गुनासो आएका थिए । उनीहरुले विदेश गएका आफन्तहरुसँग आवश्यक कागजात झिकाउने अनि विदेश जाने तयारीमा रहेकाहरुलाई जानकारी लिन सूचना केन्द्रमा पठाउने प्रतिबद्धता पनि जनाएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK