खेलाडीहरुलाई युएईमा सम्मान गरियो

ENGLISH

NRN GLOBAL

खेलाडीहरुलाई युएईमा सम्मान गरियो

रामप्रसाद ढुंगेल,युएई

8 July, 2017 | Bipin Acharya | 595 Views | comments

१२ औं नेशनल कराँते च्याम्पियनसिप-२०१७ का विजयी खेलाडीहरुलाई युएईमा सम्मान गरिएको छ ।

कराँते र बुडोकन कराँते खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिद्वन्द्वीलाई हराउन सफल विजेता नेपाली खेलाडीहरुको हौसलाका निम्ति उक्त सम्मान गरिएको हो ।

एभरेस्ट यूएई मार्सल आर्ट एन्ड स्पोट्र्स क्लबको आयोजनामा उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले सहभागिता जनाएर नेपालको इज्जत राखेकोमा युएईका लागि कार्यबाहक राजदूत नेत्र टण्डनले विजयी खेलाडीहरुलाई एक भव्य कार्यक्रमकाबीच सम्मान गरेका छन् ।

सम्मानित खेलाडहरुमा कराँतेतर्फ सुश्री किन्जेल श्रेष्ठ, तृतीकुमार भुषाल रहेका छन् । उनीहरु दुवैजनाले खेलमा प्रथम स्थान हासिल गरेका थिए ।

त्यसरी नै बोडोकन कप २०१७ विशिष्ट खेलाडीहरुमा यस वर्षको सर्वोत्कृष्ट कप विजेता विपिन श्रेठ, विजय तामाङ, लक्ष्मण मगर, विनोद राई, दिनेश सिंह ऐर, मिनराज चौधरी, पुष्प न्यौपाने, रामबहादुर लामा, उत्तम गुरुङ रहेका छन् ।

भलिबल खेलमा विजयी खेलाडीहरु कुन्दलबहादुर सिंह, श्याम गुरुङ, प्रेम भण्डारी, ईश्वर घामल, प्रताप खवास, प्रेम शाही, श्रीराज चौधरी, खुसी चौधरी, विष्णु पन्त, नरेश चन्द, ज्ञान मल्ल, डायमण्ड बस्नेत, झोम थापालाई पनि सोही कार्यक्रममा सम्मानित गरिएको थियो ।

जुडो खेलतफे विजयी कमल तामाङ, शारीरिक सुगठनमा तुलबहादुर श्रेष्ठ र क्रिकेट खेलमा अंकित श्रेष्ठलाई पनि सम्मान गरिएको कार्यक्रम आयोजक समितिले अनलाइनखबरलाई जानकारी प्राप्त भएको छ ।

एथलेटिक्स खेलाडी रिवाज न्यौपाने, रेफ्री तथा प्रशिक्षक रवि शाही, वरिष्ट रेफ्री प्रेम श्रेष्ठ, बिशाल मगर, सुश्री शुस्मिता निरौला, प्रशिक्षक पूर्णभक्त लामा, पर्शुराम घिमिरे, र्फइ लामा, राजेश थिङ्ग क्लबका उपाधक्ष्य पवित्र भण्डारी, वरिष्ट सल्लाहकार सालिक सुवेदी, सल्लाहकारहरु प्रविनकाजी श्रेष्ठ, प्रशिक्षक हिरालाल श्रेष्ठ ,अफिसियल भानुभक्त पौडेल, मदन अधिकारी, योगी सिंह, शिवकुमार बास्तोलालाई पनि सोही कार्यक्रममा सम्मान गरियो ।

युएईका विभिन्न शहरमा फरकफरक समयमा आयोजित खेलहरुमा करिब आधा दर्जन राष्ट्रका खेलाडी माझ नेपाली खेलाडीले प्रतिस्पर्धा गरी विजयी हासिल गरी नेपालको इज्जत बढाएको भनी उक्त सम्मान गरिएको हो ।

नेपाली राजदूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनको प्रमुख अतिथ्यमा सम्पन्न सम्मान कार्यक्रम पानसमा बत्ती बालेर राष्ट्रिय गानबाट सुरु गरिएको थियो । क्लबका अध्यक्ष पवित्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई रमेश क्षितिजले सञ्चालन गरेका थिए भने क्लबका सचिव पूर्णभक्त लामा स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथिका रुपमा नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएन युएईका सल्लाहकार तथा नेपाल विजेनेस काउन्सिलका कोषाध्यक्ष एकेन्ऽबहादुर थापा, पत्रकार महासंघ अध्यक्ष भूपराज बस्यालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विधाका खेलाडीहरु तथा अफिसियल, पत्रकारहरु, कलाकारहरु तथा सर्वसाधारण नेपालीहरुको उपस्थिति रहेको थियो । खेल तथा खेलाडीलाई सहयोग गर्ने क्लबका पदाधिकारी तथा सहयोगी संघ संस्था, ब्यवसायीहरुलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK