खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

ENGLISH

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

25 February, 2017 | Krishna Adhikari | 815 Views | comments

ggविषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराउनुभएको छ ।

महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको विषादी बिक्रेता तथा सरोकारवालासँग विषादीको प्रयोग अवस्था र सोको नकारात्मक असरबाट बच्ने उपाय विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ८० प्रतिशत किसान केही समस्या हुने बित्तिकै एग्रोभेटमा जाने गरेकाले एग्रोभेट सञ्चालक दक्ष हुनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो ।

किसानले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मास्क, पन्जा लगाउने, विषादी राखेको बारीनजिक चुरोट नखाने, हात राम्रोसँग साबुनपानीले धुने गर्दा विषादीको असर कम पर्ने विज्ञको सुझाव रहेको छ । यसबाट किसान महिलालाई क्यान्सर भएको छ भने पुरुष प्यारालाइसिस जस्ता रोगको सिकार बनेका छन् । विषादीबाट मुख्य असर किसानलाई नै पर्ने हुन्छ ।

तरकारी र फलफूलमा विषादी आवश्यक भएपनि सहीरुपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशको तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हो ।

नेपालमा प्रतिहेक्टर एकसय ४२ ग्राम रासायनिक विषादी प्रयोग भएको छ । जुन परिमाणको हिसाबले अन्य देशमा भन्दा निकै कम रहेको छ । भारतमा प्रतिहेक्टर तीनसय ८१ ग्राम, चीनमा दुई किलो २५ ग्राम, अमेरिकामा एक किलो नौ ग्राम, जापानमा १० किलो आठ ग्राम र सबैभन्दा धेरै दक्षिण कोरियामा १६ किलो पाँच सय ५५ ग्राम विषादी प्रयोग हुने गरेको छ । ती मुलुकमा विषादीलाई व्यवस्थित रुपमा प्रयोग गर्दा किसानले राम्रो उत्पादन गर्न सफल भएका छन् भने उपभोक्ताले पनि स्वस्थकर तरकारी तथा फलफूल सेवन गर्न पाएका उहाँले बताउनुभयो ।

रावतले भन्नुभयो, “तर हाम्रो देशमा विषलाई औषधिका रुपमा बुझ्दा किसानमा गम्भीर प्रकारका रोग लागेका छन्, उपभोक्ताहरुमा पनि दीर्घकालीन असर देखिएको छ ।” नेपालमा अहिले ९५ प्रतिशत किसानले विषादी तरकारीमा प्रयोग गरेका छन् । नेपालमा २००५ सालतिरदेखि मलेरिया नियन्त्रण गर्ने उद्देश्यले विषादी भित्रिएको भएपनि विषादीको सदुपयोग गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पारेको उहाँले बताउनुभयो ।

यस्तै, विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समयमा अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगतको क्यान्सर, छालाको क्यान्सर हुने गरेको भेटिएको छ ।

तत्काल उत्पादन बढाउनका लागि अत्यधिक विषादी प्रयोग गर्दा नेपालमा थप समस्या देखिएको छ । रावतले भन्नुभयो, “किसानलाई छिटो नाफा कमाउनका लागि पनि अत्यधिक मात्रामा विषादी प्रयोग गरेका छन् त्यो असर उपभोक्ताको स्वास्थ्यमा परेको छ ।”

विषादी प्रयोग गर्दा प्रत्यक्ष असर किसानलाई पर्ने भए पनि अधिकांश किसान अनभिज्ञ रहेका छन् । नेपालमा विषादीको प्रयोगका लागि जनचेतनामा कमी रहँदा समस्या आएको हो । किनकि धेरै किसानलाई प्रयोग गर्दा हुने नोक्सान बारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्न पुगेको वरिष्ठ कृषि विकास अधिकृत रावतले जानकारी गराउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK