खाडीका घरेलु कामदार महिलाहरुको समस्या उठाउँदै सयन्त्रद्वारा दूतावासमा ज्ञापनपत्र

ENGLISH

NRN GLOBAL

खाडीका घरेलु कामदार महिलाहरुको समस्या उठाउँदै सयन्त्रद्वारा दूतावासमा ज्ञापनपत्र

29 December, 2016 | Bipin Acharya | 1100 Views | comments

ओमान घरेलु कामदारको रूपमा खाडीमा आउने महिलाहरुको समस्यालाई लिएर संयुक्त बैचारिक सयन्त्र ओमानले डिसेम्बर २८ तारीख २०१६ बुधबारका दिन नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

gayapan-patra-to-oman-govt-577x433

ओमानमा स्थापना भएका चार बैचारिक संगठनहरु नेपाली जनप्रगतिशिल मंच ओमानका अध्यक्ष पदमप्रसाद अर्याल, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की र ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा नेपाल सरकारले वैदेशिक रोजगारको क्रममा महिलाहरुलाई घरेलु कामदारको रूपमा खाडीमा आउन प्रतिबन्ध लगाएतापनि अवैधानिक बाटो प्रयोग गरी महिलाहरु ओसारपसार गर्ने काम तीब्र रूपमा चलि नै रहेको र जसका कारण खाडीमा घरेलु कामदार महिलाहरुको समस्याहरु दिनप्रती दिन बढ्दो अवस्थामा रहेको उल्लेख छ । संयुक्त बैचारिक संयन्त्र ओमानद्वारा प्रवासमा घरेलु महिला कामदारहरुको समस्याप्रति नेपाल सरकारको गम्भीरता पुर्वक ध्यानाकर्षण गराउनको लागि नेपाली राजदूतावास मार्फत यो एक बुँदे ज्ञापन-पत्र बुझाएको जनाएको छ ।

ज्ञापन पत्रमा घरेलु कामदारको रूपमा खाडीमा आएका महिलाहरुको हकमा नेपाल सरकारले जुनसुकै नीति नियमहरु लागू गरेतापनि महिलाहरुको समस्यामा कुनैपनि कमि नआएको र पछिल्लो समयमा अवैधानिक बाटो हुदै सेटिङमार्फत महिलाहरुलाई दलालहरुले भारत, श्रीलंकाका हुँदै दुबई,कतार र कुवेत पुर्याएर मोटो कमिसनमा ओमानमा समेत बेचबिखन हुँदै आएको कुरामा सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले कडा कदम चाल्न नसक्नाले नै अहिले महिलाहरुको समस्या र पीडा थप जटिल बन्दै गएको र कतिपय महिलाहरु रातदिन नभनी बिना तलब महिनौंसम्म नै काम गर्न बिवश रहेको र घर मालिकको अमानवीय यातनाले मृत्यु समेत हुने गरेको ब्यहोरा उल्लेख छ ।
घरेलु कामदार महिलाहरुलाई सरकारको नै संरक्षकत्वमा सरकारी निकाय मार्फत नै ब्यवस्था भएमा मात्र महिलाहरुको सुरक्षा र समस्याको न्यूनीकरण गर्न सकिने जनाउदै सरकारले कडा कदम चाल्दै दलालहरुबाट हुने मानव बेचबिखन र ओसारपासार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न र कुनै एजेन्ट, दलाल वा मेनपावर मार्फत नभई सरकार मार्फत मात्र महिलाहरुलाई उचित तलब र संरक्षणमा पठाउने ब्यवस्था गर्न सयन्त्रले नेपाल सरकारसमक्ष जोड्दार माग गरिएको उल्लेख छ ।

संयुक्त बैचारिक सयन्त्र ओमानका संयोजक शोभाकान्त लामिछाने र सयन्त्रका महिला प्रतिनिधिहरु संगीता लामा, दिपिका श्रेष्ठ, मनु सुनार जय कुमारी थापा र कुमारी तितुङद्वारा संयुक्त रूपमा नेपाली दूतावासका सहचारी श्री लालबहादुर अर्यालसमक्ष ज्ञापनपत्र बुझाईएको थियो ।

कामदार महिलाहरुको अन्य विविध समस्याहरुको बिषयमा सहभागीहरुद्वारा सोधिएको जिज्ञासाहरु जवाफ दिदै सहचारी अर्यालले प्रस्तुत सरोकारका बिषयहरु र ज्ञापनपत्रलाई सम्बन्धित निकाय र सरकार समक्ष पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । एक वर्ष अघि स्थापित सयुक्त बैचारिक सयन्त्रले घरेलु महिला कामदारहरुसित प्रत्यक्ष सरोकार राख्ने विषयमा दूतावासमार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाईएको यो पहिलो पटक हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK