खगेन्द्र नवजीवन केन्द्रलाई सुविधा सम्पन्न बनाउन छलफल

ENGLISH

खगेन्द्र नवजीवन केन्द्रलाई सुविधा सम्पन्न बनाउन छलफल

30 December, 2016 | Krishna Adhikari | 605 Views | comments

chf

अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहाराको थलो रहेको छ ।

राजधानीको जोरपाटी हुदै साखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अबस्थित खगेन्द्र नवजीवन केन्द्र’ ८५ रोपनी क्षेत्रफलमा अबस्थित गृहमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ ।

यहाँ अबस्थित १८ जना अपांगहरुको खर्च नेपाल सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

शारीरिक असक्षमता कसैको रहर हुदैन यो त कुनै पनि मानिसहरु लाइ मात्र हुन सक्ने प्राकृतिक कुरा हो,जसलाई जसरी पनि र जहिले सुकै हुन सक्दछ। शारीरिक रूपमा असक्षम भएको मानिसहरुलाइ कठै ,बरा ,छि छि र दुर दुर हैन सहानुभूति माया र अबसरको अनुभूति दिन आबस्यक हुन्छ।

केन्द्रले राजधानीबाहेक मुलुकभर झापा, धनुषा, काठमाडौँ, दाङ, बाँके र कैलालीमा शाखा विस्तार गरी सेवा दिइरहेको छ । केन्द्रले हाल कार्यालय परिसरमा हाड र नसासम्बन्धी १०० शै्याको नेपाल अर्थापेडिक अस्पताल सञ्चालन गरी आर्थिक रुपमा सक्षम भएका व्यक्तिलाई सशुल्क र आर्थिक रुपमा विपन्न व्यक्तिको निःशुल्क रुपमा उपचार गर्दै आएको छ । त्यस्तै केन्द्रले खगेन्द्र माध्यमिक विद्यालय सञ्चालन गरी अपाङ्गता भएका विद्यार्थीलाई शिक्षाको सहज पहुँच पनि दिदै आएको छ।

केन्द्रले सरकारसँग अपाङ्गमैत्री कार्यालय भवन, स्याहार गृह र तालिम केन्द्र निर्माणको अपेक्षा गरेको अनुसार यस क्षेत्रका माननीय सांसद रामेश्वर फुयालले खगेन्द्र नवजीवन केन्द्रलाई सुधार गरी अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सहज र सरल बनाउने बारेमा बिगतदेखिनै सरोकारवाला, सरकार र स्थानीय स्थरमा छलफल गर्दै आउनु भएकोमा भर्खरैमात्र नेपाल अपाङ्ग सङ्घको अबलोकन तथा बिस्तृत छलफल गर्नु भएको छ ।

केन्द्रको सुधारको बारेमा सम्माननीय राष्ट्रपति विध्यादेवी भण्डारी स्वयमले चासो व्यक्त गर्नु भएको छ भने यस अघि धेरै पटक राष्ट्रपति कार्यालय र स्थानी यस्तरको छलफल पछी माननीय सांसद रामेश्वर फुयाल, राष्ट्रपति कार्यालयका प्रतिनिधी, कन्सल्ट्यान्टका प्रतिनिधी र नेपाल अपांग संघ, नेपाल स्पाइस कर्ड इन्जुरी स्पोर्ट एसोसियसन लगायतका प्रतिनिधीहरु बिच केन्द्रमा छलफल गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK