क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

ENGLISH

TECH

क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

8 April, 2018 | Kabi Adhikari | 1345 Views | comments

नुवाकोटमा वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ ।

jin-expert

उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गर्नुभयो । दुई घण्टामा नै क्षयरोगको पहिचान गर्न सकिने भएकाले नुवाकोटसहित आसपासको जिल्ला रोगको ‘हब’ बन्दै गएकाले छोटो समयमा नियन्त्रण गर्नसक्षम हुने डा केसीले बताउनुभयो ।

“रोग लागेको जानकारी लिन राजधानी जानुपर्ने बाध्यता भएपछि जिल्लामा नै सेवा शुरु गर्न उपकरण उपलब्ध गराएका हौँ ”, उहाँले भन्नुभयो, “सन् २०३५ सम्म क्षयरोग शुन्यमा ल्याउने सरकारी लक्ष्य पूरा गर्न जिल्ला अस्पतालबाट पहिचान र उपचार पाउने भएपछि सम्भव बनाउन सहयोग पुग्दछ ।”

उहाँका अनुसार रु ३६ लाख पर्ने उक्त उपकरण क्षयरोगको पहिचान र उपचारका लागि अहिलेसम्मकै अत्याधुनिक प्रविधि मानिएको छ । निजी अस्पतालमा क्षयरोगको परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लाग्ने हुँदा त्यो बिरामीको पहुँच बाहिर हुँदा रोग बल्झने गरेकाले अस्पतालबाट सेवा निःशुल्क हुने व्यवस्थापन समितिका अध्यक्ष पारस अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार उपकरणमार्फत जाँच एवं परीक्षणका लागि केन्द्रको सहयोगमा दक्ष जनशक्ति उत्पादन गर्दै सेवा सञ्चालन शुरु भएको छ । जिल्ला अस्पताल त्रिशूलीले नुवाकोट र रसुवासहित धादिङका बिरामीलाई समेत सेवा प्रवाह गर्दै आएको छ ।

केन्द्रकोतर्फबाट क्षयरोग उपचारमा सहयोग पुग्ने उपकरण बेलकोटगढी नगरपालिकामा एक थान माइक्रोस्कोप र जिल्लाको विभिन्न सात स्थानका स्वास्थ्य चौकीका लागि निवुलाइजर उपकरणसमेत प्रदान गरिएको छ ।

क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK