क्रोएसिया, पोल्यान्ड र जर्मनीको युरो कपमा सुखद सुरुवात (भिडियो सहित)

ENGLISH

SPORTS

क्रोएसिया, पोल्यान्ड र जर्मनीको युरो कपमा सुखद सुरुवात (भिडियो सहित)

13 June, 2016 | Sandeep Bhattarai | 645 Views | comments

युरो कप फुटबल अन्तर्गत आइतबार भएको खेलमा क्रोएसिया, पोल्यान्ड र विश्व विजेता राष्ट जर्मनी विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा क्रोएसियाले टर्कीलाई १-० ले स्तब्ध पार्दै सुखद सुरुवात गरेको छ ।

cr1

पेरिसमा भएको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । क्रोएसियालाई स्पष्ट तीन अंक दिलाउन खेलको ४१ औं मिनेटमा लुका मोडरिचले गोल नै निर्णायक बन्यो । उनले करिव २५ यार्ड टाढाबाट उत्कृष्ट भली गोल गरेका थिए ।

त्यस्तै हिजै भएको दोस्रो खेलमा पहिलो पटक युरो कप खेलिरहेको पोल्याण्डले नर्दन आयरल्यान्डलाई पराजित गरेको थियो । उक्त खेलमा पोल्याण्ड १-० ले विजयी भयो । उसका लागि ज्याकुब ब्लाजिकोवस्को पासमा अर्काडियस मिलिकले ५१ औं मिनेटमा गोल गरेका थिए । जितसंगै पोल्याण्डले डेब्यु खेलमा नै उत्कृष्ट खेल प्रदर्शन आफू अब्बल रहेको प्रमाणित गरेको छ ।

po1

यसैगरी सोमबार बिहान भएको खेलमा विश्व विजेता जर्मनीले जारी सिजनमा सुखद सुरुवात गरेको छ । आज बिहान भएको खेलमा युक्रेन जर्मनीसंग २-० ले स्तब्ध भयो । जर्मनीको जितमा सर्कोडान मुस्तफी र चोटमुक्त भएर फर्केका बास्टियन स्वान्सटाइगरले गोल गरेका थिए । खेलको १९ औं मिनेटमा जर्मनीले मुस्ताफीको हेड गोलमार्फत अग्रता लिएको थियो । मुस्तफीको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । युक्रेनले खेलमा फर्कने केही राम्रा अवसर पाएर पनि गोल फर्काउन सकेन ।

ger

युक्रेनको दुई सशक्त आक्रमणलाई गोलकिपर म्यानुयल नुयोरले विफल पार्दै टोलीको अग्रतालाई जोगाएका थिए । येभहेन कोनापेल्न्का र येभहेन काचिरिडीको प्रहारलाई नुयोरले रोक्नुअघि जेरोमी नुयोरले बोयटेङले कोनापेल्न्काको प्रयासलाई गोललाईनबाट जोगाएका थिए । निर्धारित ९० मिनेटको अन्तिम समयमा मारियो गोट्जेको स्थानमा मैदान प्रवेश गरेका वास्टियन स्वाइन्सटाइगरले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।

क्रोएसिया र टर्कीको खेल –

पोल्याण्ड र नर्दन आयरल्यान्डको खेल –

जर्मनी र युक्रेनको खेल –

यो पनि हेर्नुस – इंग्ल्याण्ड बराबरी खेल्दा वेल्स र स्विट्जरल्याण्ड बिजयी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK