क्रिटिक्स अवार्ड मंसिर ६ मा हुने

ENGLISH

ENTERTAINMENT

क्रिटिक्स अवार्ड मंसिर ६ मा हुने

15 November, 2017 | Kunjar Bhattarai | 1335 Views | comments

नेपाल चलचित्र समीक्षक समाजले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ। आगामी मंसिर ६ गते राजधानीमा ०७१ देखि ७३ सम्मको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने जनाएको छ ।

तीनवर्षमा प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई अवार्ड दिन लागिएको हो।समाजको विज्ञप्तिअनुसार २०७३ को उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालो पोथी’ ले प्राप्त गरेको छ ।

सेतो सूर्य’ का लागि दीपक रौनियारले निर्देशक, ‘कालो पोथी’ का लागि मीन भाम र अविनाशविक्रम शाहले पटकथा, ‘सेतो सूर्य’ का लागि डेभिड बार्करले सम्पादन, छायांकनमा ‘कालोपोथी’ का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । उत्कृष्ट अभिनेतामा अवार्ड ‘जात्रा’ का लागि विपिन कार्की र ‘पुरानो डुंगा’ का माओत्से गुरुङ छनोट भएका छन् भने ‘लभ सासा’ का लागि केकी अधिकारीले अभिनेत्रीको पुरस्कार पाएकी छन् ।

त्यस्तै, ०७२को अवार्ड पनि एकसाथ घोषणा गरिएको छ ।०७२  सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के खनाल (पशुपति प्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपति प्रसाद), छायांकन  शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री  रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन्।

समाज  ले ०७१ सालका विजेताको नाम यसअघि नै घोषणा गरिसकेको थियो । जस अनुसार सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायांकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पार्श्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) उत्कृष्ट घोषित भएका थिए  ।

अमेरिकामा हुने ‘नेम्पा अवार्ड’ पुन: सर्‍यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK