क्युवा विमान दुर्घटनामा सबैको मृत्यु भएको क्युवाद्वारा जानकारी

ENGLISH

WORLD

क्युवा विमान दुर्घटनामा सबैको मृत्यु भएको क्युवाद्वारा जानकारी

21 May, 2018 | Kabi Adhikari | 1945 Views | comments

क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र तीन जना गम्भीर अवस्थामा उपचाररत रहेको जनाइएको थियो ।

क्युवाका यातायात मन्त्री अब्देल येजक्वीर्दोले घाइते तीन महिलाको पनि निधन भएको जानकारी गराउँदै भन्नुभयो, हामीले कसैलाई पनि बचाउन सकेनौँ । विमानमा सवार ११० जनामध्ये ९९ जना क्युवाली नागरिक, ६ जना मेक्सिकोका चालक दलका सदस्यसहित अन्य ११ जना विदेशी रहेको पुष्टि भएको छ ।

आइतबार अपरान्ह्सम्म १५ मृतकको शनाखत भएको छ भने बाँकी अन्य मृत शरिरको शनाखत हुनसकेको छैन ।

क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने तीन जना महिलालाई सख्त घाइते अवस्थामा विमानबाट उद्धार गरिएको थियो ।

हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको थियो ।

क्युवामा शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा भएको छ ।

राष्ट्रपति केनल दुर्घटनापछि उद्धार भइरहँदा दुर्घटनास्थलमा पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गनुभएको स्थानीय सञ्चारमाध्यमले देखाएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK