क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

ENGLISH

NRN GLOBAL

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

विजय थापा, डिसी

13 December, 2018 | Sandeep Bhattarai | 2330 Views | comments

‘चि मुसि चि

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक रहेको छ । नेपाली चलचित्रलाई माया गर्नु हुने तथा नेपाली चलचित्र प्रेमीहरुले सुरुवातमै राम्रो हौशला दिएका छन् ।

राम्रो प्रचार प्रसार गरेको कारण दर्शकले राम्रो साथ दिएका छन् । अमेरिकामा कामको दिन मंगलबार प्रदर्शन गर्दा पनि करिव ३ सय भन्दा ज्यादा दर्शकहरु आएका थिए । एकै प्रदर्शनबाट बे एरिया ( क्षेत्र) बाट राम्रो रकम संकलन गर्न सफल भएको छ । यसको साथै उक्त क्षेत्रमा बसोबास गर्ने दर्शकबाट राम्रो प्रतिकृया प्राप्त गरे पछि आयोजकद्वय अनिल पाण्डे र प्रिन्स युबराज कार्कीले खुशी व्यक्त गर्दै हामीलाई हौशला भएको बताएका छन् ।

लामो समय देखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका तथा समाजसेवामा निकै राम्रो काम गर्दै आएको मदरल्याण्ड नेपाल डट ओर्ग समेतका संचालक पाण्डेले दर्शकलाई धन्यवाद दिएका छन् । साथै पाण्डेले उक्त चलचित्रबाट उठेको केही रकमबाट सन्नीभेल शहर स्थित संचालनमा रहेको नेपाली भाषा कक्षाको लागि पनि सहयोग गर्ने रहेको बताए । साथै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने बताउदै एक पटक यो चलचित्र छुटाउन नहुने बताए ।

गत मंगलबार डिसेम्बर ११ का दिन अल्बानीको ल्यान्डमार्क थेटर (चलचित्र मन्दिर )मा सम्पन्न भएको थियो। यस चलचित्रका निर्माताहरु अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा शिवराज कार्की हुन् ।

दिनेश श्रेष्ठद्वारा निर्देशित चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबा लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको नृत्य निर्देशन रहको छ । चलचित्र गत श्रावण ११ देखि नेपाल अधिराज्यभर प्रदर्शन भएको थियो ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK