क्यालिफोर्नियाको डिस्ट्रिक ४ सि ३ को गभर्नरको रुपमा थापाद्वारा सपथ ग्रहण

ENGLISH

NRN GLOBAL

लायन्स

क्यालिफोर्नियाको डिस्ट्रिक ४ सि ३ को गभर्नरको रुपमा थापाद्वारा सपथ ग्रहण

6 July, 2017 | Sandeep Bhattarai | 905 Views | comments

लायन्स

अन्तराष्ट्रिय लायन्स क्लबले यहि जुन ३० देखी जुलाइ ४ तारिक सम्म संचालन गरेको सतबार्षिकी (स्थापनाको १०० बर्ष पुगेको उपलक्ष्यमा ) कार्यक्रम भव्यताका साथ अमेरिकाको सिकागो सहरमा सम्पन्न गरेको छ।

विश्व प्रसिद्ध सहर सिकागो सम्मेलनमा सहभागी हुन् विश्वको २२० भन्दा धेरै देशका ७०,००० भन्दा धेरै लायन्सका प्रतिनिधिहरु, आमन्त्रित अतिथि लगायत सर्ब साधारणको उपस्थिति रहेको जानकारी कन्भेन्सन डेस्कका प्रतिनिधिले जनाएको छ।

कार्यक्रमको विशेष बक्ताहरुमा अमेरिकाको भूतपूर्व उप राष्ट्रपति एल गोर , युएनओको भूतपूर्व महासचिव वान की मुन, विश्व प्रसिद्ध मोटिवेसन स्पिकर निक भुजिसिक लगायत बिभिन्न विशिष्ट व्यक्तित्वहरुले लायन्स क्लबका सदस्यहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रमममा विश्वका हरेक देशको रास्ट्रीय झण्डा बोकेर युएन फ्ल्याग सेरेमोनीको समेत आयोजना गरिएको थियो।

१००औ लायन्स क्लबको महासम्मेलनमा विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरु, अन्तराष्ट्रिय डाइरेक्टर , अन्तराष्ट्रिय अध्यक्ष नरेश अग्रवाल लगायात सम्पूर्ण कार्यसमितिले एउटा भब्य कार्यक्रमको साथ जुलाई ४ को दिन सपथ ग्रहण गरेका छन्।जसमा नेपाल लागाय विश्वको हरेक देशबाट आएका नयाँ गभर्नरहरुको साथमा पहिलो नेपाली मुलको गभर्नर राजेन थापाले अमेरिकाबाट क्यालिफोर्नियालाई नेतृत्व गर्दै सपथ ग्रहण गरेर एउटा नयाँ इतिहास रच्नु भएको छ । नेपाल बाहिर सम्भवत पहिलो पल्ट नेपाली मुलका राजेन थापा अमेरिकाको क्यालिफोर्निया अन्तर्गत डिस्ट्रिक ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको हो ।

नेपालमा लामो समय सम्म शिक्षाक्षेत्र नेतृत्व बिकाशमा योगदान पुर्याउनु भएका र अमेरिकाको क्यालिफोर्नियामा सफल व्यवसायी तथा चहकिलो समाजसेवीको छवी वनाउन सफल राजेन थापाको अध्यक्षतामा पहिलो पल्ट आज भन्दा एघार बर्ष अघि २००६ मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण को स्थापना भएको थियो र हाल आएर यस क्षेत्रमा ५ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भइ सकेको र सो क्लबहरुले बिबिध सेवा मुलक कार्यहरु गर्दै आई रहेको छ।

नेपालको पहिलो अन्तरास्ट्रिय डाइरेक्टर बन्न सफल लायन संजय खेतानको बिसेष पहलमा “नेपाल डे “ को समेत आयोजना गरिएको थियो जसलाई स्थानीय सिकागोका नेपाली लायन्स क्लबले समेत सहकार्य गरेको थियो। उक्त नेपाल डे कार्यक्रममा अन्तरास्ट्रिय अध्यक्ष लगयत अन्तरास्ट्रिय स्तरका नेत्रित्वहरू को उल्लेख्य उपस्थिति रहेको थियो।

सोहि कार्यक्रममा डिस्ट्रिक गभर्नर थापालाई मेल्विन जोन पुरस्कार र अन्य अन्तरास्ट्रिय लगायत स्थानीय नेपाली समुदायको तर्फबाट समेत सम्मान गरिएको थियो।जस्मा नेपाल एसोसिएसन अफ ग्लोबल को अप्रेसन को तर्फबाट अध्यक्ष मणि नेपालीले गभर्नर थापालाई कदर पत्र, विभिन्न नेपालको लायन्स क्लब र डिस्ट्रिक को तर्फबाट सम्मान समेत गरिएको थियो। नेपाल डे कार्यक्रममा नेपालबाट आएका प्रतिनिधि लगायत अमेरिकामा रहेको नेपाली लायन्स क्लबको समेत बाक्लो उपस्थिति रहेको थियो।

भूतपूर्व गभर्नर गेरी वंगले परिचय दिनेक्रममा ” राजेन थापाले सन् १९९६ मा नेपालमा छँदै लायन्स क्लवमा संलग्न भै लायोनिजम प्रारम्भ गरेको , क्यालिफोर्नियामा संस्थापक अध्यक्षको रुपमा लायन्स क्लब स्थापना गरेको र क्यालिफोर्निया लगायत भर्जिनिया र न्यूयोर्कमा समेत ५ वटा नेपाली लायन्स क्लव खोल्न बिशेष योगदान पुर्याउनु भएको जानकारी गराएका थिए। वहा सन् २०१५-१६ मा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर, सन् २०१६-१७ मा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रुपमा उहाँ रहनु भएको छ ।

स्मरणीय छ अमेरिकाको क्यालिफोर्निया, टेक्सास, न्यू हाम्सायर, मासाच्यूसेटस्, न्यूयोर्क, मेरिल्याण्ड , भर्जिनिया लगायतका राज्यहरुमा नेपाली लायन्स क्लवहरु स्थापाना भै सञ्चालन भैरहेका छन् भने यस बर्ष अझ धेरै क्लबहरु स्थापना हुने जानकारी प्राप्त भएको छ। विश्वको सबैभन्दा ठुलो सेवा मुलक संस्था लायन्स क्लबमा हाल १.४ मिलियन सदस्य रहेको छ।

यस बर्षको कन्भेन्सन को बिशेष आकर्षण भनेको दुइटा प्रमुख ब्याण्ड को प्रस्तुति रहेको थियो। जुलाई १ को साझ अमेरिकाको पहिलो उत्कृष्ट रक ब्याण्ड जुन ६० को दसकमा निक्कैनै प्रसिद्ध रहेको “ द बिच ब्वाइज ” को प्रस्तुति रहयो। उनीहरुको “सर्फिन सफारी ”, “उल्डनट इट बि नाइस ” एण्ड “गुड भाइब्रेसन” गीतहरु अहिले पनि पपुलर रहेको छ। त्यसै गरि जुलाई ३ मा “सिकागो “ ब्याण्ड को प्रस्तुति रहेको थियो जसको गीत १०० मिलियन रेकर्ड सम्म बिक्रि भएको थियो ।

लायन्स

यो ब्याण्ड विश्वमा अहिले सम्मकै उत्कृस्ट र सबै भन्दा धेरै चल्ने , बिक्रि हुने एल्बमको रुपमा खिताब प्राप्त गरेको छ। १९६७ सालमा स्थापना भएको यस ब्याण्डले अहिले पनि विश्वको बिभिन्न रास्ट्रहरुमा आफ्नो प्रस्तुत्ति दिई रहेको छ। यहि बर्ष यस ब्याण्डले सिकागोमा ५० औ जन्म जयन्ती भब्य कन्सर्ट गरेर मनाउने तयारी गरिरहेको छ। कन्भेन्सन हलमा नेपाल भारत लगायत विश्वका धेरै देशहरुले आफ्नो प्रदर्शनी र बुथहरु बिक्रि वितरणको लागि राखेका थिए।

हिमालयज लायन्स क्लबका नयाँ पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम सम्पन्न

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK