क्यान्सर पीडित मादेनलाई कोरियाबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

क्यान्सर पीडित मादेनलाई कोरियाबाट आर्थिक सहयोग

16 March, 2018 | Kabiraj Adhikari | 4295 Views | comments

तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका क्यान्सर पीडित तोर्ण मादेनलाई दक्षिण कोरियामा कार्यरत नेपालीले रु दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् ।

sahayog

सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण कोरियामा कार्यरत युवाको सक्रियतामा मादेनको उपचारका लागि रु दुई लाख ३२ हजार ६६१ सहयोग प्राप्त भएको हो ।सो रकम बिहीबार शुक्रबारे बजारमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा कार्यरत युवाबाट संकलन गरिएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको मादेन बचाउँ अभियानका अभियन्ता सन्तोष खेवाले बताउनुभयो ।

उक्त रकम गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू र मादेन बचाउँ अभियानका अभियन्ता गुमान खेवाले संयुक्तरुपमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो । रोजगारीका लागि मलेशिया पुगेका मादेनलाई आन्द्राको क्यान्सर भएको छ ।

मादेनको उपचारका लागि यसअघि कतार, मलेशियालगायत विभिन्न देशमा कार्यरत युवाले सहयोग गरिरहेका छन् । मादेनका लागि यसअघि पनि रु दुई लाख ९८ हजारभन्दा बढी रकम सहयोग प्राप्त भइसकेको छ । मादेनको अहिले काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

नवोदित गायिका जलजलाको उपाचार्थ दक्षिण कोरियाबाट आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK