आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स)मा काँस्य पदक विजेता बक्सिङ खेलाडी इन्द्रबहादुर मगर लाई अमेरिकामा रहेका खेल ब्यक्तित्वहरुले आर्थिक सहयोग गरेका छन् ।
सन १९९२ देखि सात बर्ष सम्म एघार अन्र्तराष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरेका मगर, क्यान्सर रोगले पिडित छन् । आन्द्रामा क्यान्सर रोगबाट पिडित ४६ बर्षीय मगरलाई उसुका पुर्व खेलाडी एवम प्रशिक्षक छेमांग तामाङको सक्रियतामा करिब दुई लाख असी हजार सहयोग सोमबार पठाईएको छ ।
जसमध्ये ‘गो फन्ड मी’ बाट करिब दुई लाख एवम अमेरिकामा रहेका खेल एवम अन्य ब्यक्तित्वहरुले करिब ८० हजार संकलन भएको थियो । तेक्वान्दोका पुर्व खेलाडीहरु किशोर श्रेष्ठ, कुमार कार्की, दुर्गा गुरुङ, कृष्ण बलाल एवम राजकुमार थापा सहित उसुका छेमांग तामाङ, राजेश लामा, युयेन शेर्पा एवम बिरबहादुर तामाङले आर्थिक सहयोग गरेका थिए । त्यसैगरि भलिबलका सुनील चौधरी, कराँतेका मुक्ति बिष्ट, फुटबलका सुनील तुलाधर र जुडोका सञ्जीव श्रेष्ठ लगायतकाले सहयोग गरेका छन् ।
पिडित बक्सिङ खेलाडी मगरमा फोक्सो र कलेजोमा पनि समस्या देखिएको छ । उनको उपचारमा आर्थिक अभाव भएपछि विदेशमा रहेका खेलाडी एवम प्रशिक्षकहरुले सक्दो सहयोग गरेका छन् ।
इकान्तिपुर बाट
विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...
संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...
गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...
युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...