क्यानाडाका कुटनीतिज्ञद्धारा काबुल घटनाप्रति सोधखोज सुरु

ENGLISH

क्यानाडाका कुटनीतिज्ञद्धारा काबुल घटनाप्रति सोधखोज सुरु

कुटनीतिक नियोगले त्यहाँको सरकारसँग मारिएका १३ जना नेपालीको विषयलाई लिएर कुराकानी सुरु गरेको छ

25 June, 2016 | arjun baral | 1630 Views | comments

Afghan security forces inspect the damage of a minibus that was hit by a suicide attacker at the site of the incident in Kabul

क्यानाडामा रहेको नेपाली कुटनीतिक नियोगले त्यहाँको सरकारसँग अफगानिस्तानको काबुलमा मारिएका १३ जना नेपालीको विषयलाई लिएर कुराकानी सुरु गरेको छ।

नेपाली कुटनीतिज्ञले काबुलस्थित क्यानेडेली दूतावासमा सुरक्षाकर्मी रहेका नेपालीको तालिबानी विष्फोटमा परेर हत्यासँगै फैलिएको आक्रोशलाई लिएर क्यानाडाको ओटावामा प्रश्न उठाएको त्यहाँको ‘नेशनल पोष्ट’ले समाचार प्रकाशित गरेको छ।

उनीहरुले खतरापूर्ण क्षेत्रबाट उनीहरुलाई किन त्यति असुरक्षित मिनिबसबाट ओसारियो भनेर प्रश्न उठाएका छन् । क्यानाडाको कुटनीतिक निकाय यस कुराका निम्ति दोषी रहेको समाचारमा उल्लेखित छ।

उक्त विष्फोटमा १३ जना नेपाली र दुई भारतीय सुरक्षा गार्डको निधन भएको थियो। विष्फोट कतिसम्म शक्तिशाली थियो भने मिनिबसको झ्याल उछिट्टिएर बाहिर निस्केको छ भने बसको बाहिरी भागमा समेत रगतका दागहरु देखिएका छन्। घटनामा ६ जना नेपाली घाइते भएका छन्। यसको जिम्मेवारी तालिबानले लिइसकेको छ।

यतिबेला नै अफगानिस्तानमा रहेका पश्चिमाहरुको पर्याप्त सुरक्षा प्रवन्ध रहे पनि उनीहरुकै सुरक्षामा खटिएका गार्डहरु किन असुरक्षित भन्ने प्रश्न नेपालका विभिन्न क्षेत्रबाट उठिरहेको पनि समाचारमा उल्लेख गरिएको छ।

यतिबेला काबुल घटनालाई लिएर क्यानेडेली सरकारले उसको अफगानिस्तान मिशनबारे चलाएको फेसबुक पेजमा पनि धेरैले आक्रोश व्यक्त गरिरहेका छन्।

एक इमेलमार्फत् घटनाबाट दुःखी भएको जनाउँदै यस विषयमा ‘ग्लोबल अफेयर्स क्यानाडा’ले विष्फोटमा मारिएकाहरु साबर इन्टरनेशनल नामको निजी ठेकेदार कम्पनीले उपलब्ध गराएको भाडाका सुरक्षा गार्ड रहेको प्रष्ट पारेको छ। आगामी दिनमा उक्त कम्पनीले आफ्नो सुरक्षा सेवा प्रोटोकलमा सुधार ल्याउने प्रकृया सुरु गरेको जानकारी पनि इमेलमा दिइएको छ। यस विषयमा उक्त ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दा भने कुनै जवाफ नदिइएको समाचारमा उल्लेखित छ।

यस विषयमा क्यानेडेली सेनाका प्रवक्ता इसाबेल ब्रेस्सीले काबुलस्थित दूतावासमा क्यानेडेली सेनाकै पनि केही सैनिकले सुरक्षा प्रदान गर्दैआएको स्पष्ट पारेकी छिन्। उनीहरुले दूतावासमा प्रदान गर्दै आएको सुरक्षालाई निरन्तरता दिने उनले बताइन्।

यस्ता सैनिकको संख्या कति छ र उनीहरु के कसरी परिचालित भइरहेका छन् भन्ने बारेमा भने सुरक्षाको कारणले गर्दा क्यानेडेली सेनाले खुलाउने गरेको छैन।

काबुलमा नेपाली सुरक्षा गार्ड सवार बसमा आक्रमण, १४ जनाको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK