क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

ENGLISH

NRN GLOBAL

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

11 December, 2017 | Sandeep Bhattarai | 1490 Views | comments

पशुपतिनाथको मन्दिरमंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको दिनलाई क्यानडाको नेपाली समुदायहरुले इतिहासमा दर्ता गर्ने छन् ।

१२ नोभेम्बर २०११का दिन श्री नेपाली बाबाबाट शुभारम्भ भएको श्री पशुपतिनाथको मन्दिर निर्माण अभियानले जुन २०१२ मा विधिवत दर्ता भएको थियो । त्यसपछि संस्थाले मन्दिर कार्यलाई निरन्तरता दिदै आफ्नै घरसहितको जग्गा किनेर पूजाआराधना कार्यको शुभारम्भ गरेको थियो । त्यही मन्दिरलाई पूर्णरुप दिन नेपालको मुल पशुपतिनाथको मन्दिरको ज्योर्लिङ्गकै रुपमा चन्द्र डण्गोलले प्रतिष्ठापन भएको पशुपतिनाथको ज्योर्लिङ्ग निर्माण गर्नु भएको हो ।

ज्योतिर्लिङ्ग प्रतिमा प्रतिष्ठापन कार्यक्रमको शुरुमा वाध्यबाजासहित कलश यात्रा गरिएको थियो । त्यसपछि रेखी स्थापना गरेर समस्त देवदेवीहरुको श्रृङ्गारसहित स्थापना भएको थियो । त्यसपछि धार्मिक रीति अनुसार स्वस्तस्तवाचन, संकल्प, गोदान गरेपछि ब्राह्मणवरण, दीप, कलश, गणेश पूजनको कार्यक्रमसहित धृतमातृका, षोड़शमातृका पूजनसँगै योहगनी, वास्तु पूजन रहेको थियो । पशुपतिनाथको प्रतिष्ठापन गर्न छेत्रपाल, हदक्पाल, हलृंगा, तोरण, चँदुवा आदि पूजन कार्य सम्पन्न भएपछि आरतीसहित प्रभुको पूजा आराधना धूप, दीप, नैवेधसहित आरती गरिएको थियो ।

सन् पचासको दशकदेखि क्यानडामा नेपालीहरुको आगमन शुरु भएको देखिन्छ । प्रारम्भमा भारतबाट नेपालीहरु क्यानडा पुगेका थिए भने सत्तरको दशकदेखि अध्ययनको क्रममा नेपालीहरु क्यानडा प्रवेश गरेको देखिन्छ । सन् १९९६ को माओवादी द्वन्द्व शुरु भएपछि सन् २००० देखि शान्त र सुरक्षित गन्तब्य खोज्दै नेपालीहरु क्यानडामा आउन थाले । त्यसपछि यो क्रम विस्तारै बढ्दै गएपछि अहिले क्यानडामा पचास हजारको हाराहारीमा नेपालीहरुको संख्या रहेको अनुमान गर्न सकिन्छ । विशाल टोरोन्टोमा मात्र ६–७ हजार नेपालीहरु रहेको अनुमान गरिन्छ ।

नेपालीहरुको लागत राख्ने काम यहाँ स्थापित संस्थाहरुले गर्नु पर्ने हो । तर यस तर्फ कसैले जमर्को देखाएका छैनन् । गैरआवासीय नेपाली संघको क्यानडा शाखाले यसको दायित्व लिनु पर्ने हो । एनआरएन क्यानडाको सदस्य बनेकाहरुको सदस्यता शुल्कबाट नेपालीहरुको तथ्याङ्य खोज्ने कार्यमा केही खर्च गर्नु पर्ने हो । तर त्यो सदस्यता शुल्क एनआरएनको केन्द्रलाई जिम्मा लगाउँदै आएका छौं । यसपटक मात्र हामीले एक्काईस हजार डलर केन्द्रलाई जिम्मा लगायौं ।

पशुपतिनाथको मन्दिरपशुपतिनाथको मन्दिरयो एतिहासिक क्षण आउनका लागि विशाल टोरोन्टोका नेपाली समुदायले धेरै सहयोग गर्दै आएका छन् । २००४ मा पशुपतिनाथ नेपाली कल्चरण सेन्टर (पिएलसिसि) को जग हालेर मन्दिर निर्माणका लागि प्रारम्भिक प्रयास शुरु भएको थियो । अस्थायी मन्दिरबाट धार्मिक क्रियाकलापको श्री गणेश पनि गरिएको थियो । तर त्यसले निरन्तरता नपाएपछि केही समय बिट मारेर पूनः २०१० मा नेपाली क्यानेडियन हेरिटेज सेन्टर (एनसिएचसि) का माध्यमबाट मन्दिर निर्माणको अर्को प्रयास शुरु भयो । यसपटकको प्रयासमा कर्मठ, निष्ठावान र कर्तव्यबोधीहरुको समूह रहेको कार्यसमितिले लगनका साथ मन्दिर निर्माणका लागि काम गर्दै आएपछि ब्राह्म्टनको ७९५५ टोरब्राम रोड, युनिट नम्बर २१ मा पशुपतिनाथ मन्दिरको नामबाट पूजा आराधनाको शुभारम्भ भएको थियो ।

यही मन्दिरले आज पूर्णरुप लिदैछ । मन्दिरमा नेपालबाट झिकाइएको ४ फिट ऊचाँई भएको पशुपतिनाथको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठापन गर्न नेपालबाट नेपाली बाबा आउनु भएको थियो भने बाबा सँगसँगै श्री ईश्वरकृष्ण महाराजको पनि उपस्थिति रहेको थियो । ११ जना स्थानीय पुरोहितहरुले पनि ज्योर्लिङ्ग प्राण प्रतिष्ठापनमा धार्मिक सहयोग गर्नु भएको थियो ।

मन्दिरको स्थापनासँगै शनिबार एनसिएचसिले मन्दिरभित्र नेपाली पुस्तकहरुका लागि स्थापना गरिएको पुस्तकालयको पनि शुभारम्भ महामहिम राजदूत कालीप्रसाद पोखरेलबाट गरिएको थियो । यस पुस्तकालयका लागि दाताहरुले स्वेच्छाले पुस्तकहरु दान गरेका थिए । नेपाली भाषा साहित्यको संरक्षण र संवद्धनका लागि स्थापना गरिएको पशुपति पुस्तकालमा पाठकले नियमानुसार पुस्तक लिएर जाने र पढेर फर्काउने व्यवस्था गरिनेछ ।

उक्त भव्य कार्यक्रममा नेपालीहरुको उपस्थितिले हालको मन्दिर सानो हुने देखिएपछि स्वेच्छाले तीनहजार र त्यसभन्दा बढी डलर सहयोग गर्ने निर्णयका नाम लेखाएका थिए । यसबाट शनिबारमात्रै मन्दिरका लागि लगभग तीनलाख डलर जम्मा भएको थियो ।

अमेरिकामा नेपालीहरू द्वार्रा निर्माणाधीन पशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK