क्यानडाको राजधानी अटवामा तीज कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

क्यानडाको राजधानी अटवामा तीज कार्यक्रम सम्पन्न

5 September, 2016 | Sandeep Bhattarai | 1130 Views | comments

अटवामा तीज कार्यक्रम

एनआरएनए क्यानडाले गत बर्ष झैं यस बर्ष पनि क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको पवित्र हरितालिका तीज पर्वलार्इ सेप्टेम्वर ३ तारिक शनिवारका दिन भव्यरुपमा मनायो

आ-आफ्ना घरबाट पकाएर ल्याएका खिर, लट्टे, पुलाउ , आलुचना ,आलुतामा विभिन्न प्रकारका अचार जस्ता विविध नेपाली परिकारहरु खाएर तीज पर्व मनाए। नेपाल भन्दा हजारौंमाइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परम्परालार्इ एक पुस्ताबाट अर्को पुस्ता सम्म पुर्याउने अवसरका रुपमा मात्र सिमित नभइ यस्ता कार्यक्रमहरुले व्यस्त जीवनका तनाबहरुलार्इ अन्त्य गरेर मनोरंजन,एवं खुशी प्रदान गर्नुका साथै दु:ख र पीडालार्इ भुलाउने मंचको रुपमा तीज पर्व रहेको कुरा सहभागीहरु बताउँछन्।

प्रदेशको सागरमा छरिएका हामीहरु एक पटक एकै मन्चमा भेला भएर आ -आफूले पकाएर ल्याएका विविध व्यन्जनहरु खाने, नाच्ने गाँउने र रमाउने अवसर जुटाइ दिएकोमा सहभागिहरुले एनआरएनए क्यानडा प्रति आभार प्रकट गरे । कुनै भय लज्जा र हिनताबाट उन्मुक्त भएर आफ्ना कला प्रदर्शन गर्न पाउने यो अमुल्य अवसर हो ।यसले एक आपसमा आत्मियता बढाउँछ एक सहभागिले बताइन ।

नेपालबाट छोरा बुहारी भेट्न आएका आमाबाहरु पनि तीज कार्यक्रममा सरिक भएर आफूहरुले मनोरंजन लिएको कुरा बताए । हामीलार्इ त नेपाल छोडे पछी यस प्रकारका नाचगान देख्न पाइएला भन्ने लागेकै थिएन भन्दै खुशी व्यक्त गरे। कार्यक्रममा स्थानिय नेपाली संघ संस्था नेपाल एम्वेसीका परिवारहरु र अटवामा बसोबास गर्ने नेपाली महिलाहरुको व्यापक सहभागिता रहेको थियो।

महिलाहरुका नाचगानमा पुरुषहरुले पनि सरिक भएर हौशला प्रदान गरेका थिए । १६० रिडो स्ट्रिट र शार्लेट स्ट्रिटको कर्नरमा भएको उक्त कार्यक्रमलार्इ सफल बनाउन चिजु गौतम, सुचिता दवाडी, मिना शर्मा र तारा उप्रेतीले संयजनमा सहयोग पुर्याउनु भएको थियो । अपरान्ह ४बजे शुरुभएको कार्यक्रम बेलुकी ११ बजे सम्म संचालनन भएको थियो ।

यो पनि हेर्नुस – क्यानडाको राजधानीमा तीज धमाका

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK