क्यानडाको राजधानी अटवामा भानुजयन्ती सम्पन्न

ENGLISH

NRN GLOBAL

क्यानडाको राजधानी अटवामा भानुजयन्ती सम्पन्न

19 July, 2016 | Sandeep Bhattarai | 970 Views | comments

अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा  क्यानडाको राजधानी अटवामा गत आइतबार आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

canada

साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको उपस्थितिमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेलले पानसमा दीप प्रज्वलन तथा भानुको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो भने अनेसास अटवाका सल्लाहकार एवं एनसिएओ का प्रतिनिधी डा. कृष्णहरि गौतम, एनआरएनए क्यानडाका उपाध्यक्ष सुरेन उप्रेती, लगायतले आदिकवि भानुभक्तको तस्विरमा अविर अर्पण गर्नु भएको थियो ।

अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा समाजका पूर्व अध्यक्ष डा. गोविन्द दाहालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरु कमल कोइराला, सुरेन उप्रेती, नविन सुवेदी, अनुप प्रधानाङ्ग, तारा उप्रेती, कमला पोखरेल, अनिल पौडेल लगायत साना विद्यार्थी आरोह उप्रेती र आदित्य कोइरालाले समसामयिक विषय तथा भानुभक्तको बारेमा आ आफ्ना कविता बाचन गरेर सुनाउनु भएको थियो ।

कार्यक्रममा रेस्मा दाहालले १८ औं सताब्दीको भानुभक्तिय समाज, साहित्य र तत्कालिन विष्व साहित्यको बारेमा प्रकास पार्नुभयो । समाजका अध्यक्ष कमल कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी राजदूत पोखरेलले विदेशबाट पनि नेपाली भाषा र साहित्यको विकासका लागि अनेसास क्यानडाले पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै नेपाली भाषा र साहित्यको अध्ययन र यसलाई विष्वसामु परिचित गराउन परदेशमा बसोबास गर्ने दोश्रो पुस्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

यो पनि हेर्नुस – कोलोराडोमा भानु जयन्तीको अवसरमा साहित्यिक कवि गोष्ठी सम्पन्न 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK