क्यानडाको राजधानीमा तीज धमाका

ENGLISH

NRN GLOBAL

क्यानडाको राजधानीमा तीज धमाका

14 September, 2015 | Sandeep Bhattarai | 920 Views | comments

सरेन उप्रेती अटवा – गत शनिवारका दिन साँझ क्यानडाको राजधानी अटवामा बसोवास गर्ने नेपाली महिलाहरूले भेला भएर नाचगान गरी भव्यरूपमा तीज मनाए । नेपाली संस्कृति र परम्परालाई एउटा पुस्ताबाट अर्को पुस्ता सम्म निरन्तर रुपमा अगाडि बढाउनका लागि पनि यस प्रकारको कार्यक्रम को छुट्टै महत्व हुने कुरा सहभागीहरु बताउँछन् । अझ विदेशमा बस्ने नेपालीहरुले त आफ्ना छोरा छोरीहरुलाई सिकाउनु अनिवार्य जस्तै छ । उनीहरुले नेपाली भाषा नै विर्सनलागेको अवस्थामा यस्ता कार्यक्रमले विशेष महत्व राख्ने कुरा सहभागीहरु बताउछन् |

c

परापूर्व कालमा यसको थालनी जे जसरी भए पनि हाल तीजलाई नारीहरुको एक महत्व पूर्ण दिनका रुपमा लिइन्छ। परम्परा अनुसार आफ्ना पतिको दिर्घायू सुस्वास्थ र सफलताको कामना गर्न यो पूजा ब्रत बस्ने गरेको देखिन्छ भने अर्कातिर अशल गुणी पति प्राप्त गर्न यो पर्वको शुरुवात गरेको पाइन्छ । यसको परम्परागतमहत्व त छँदैछ त्यसमा पनि विदेशमा बसोबास गर्दा ,परिवार सँग टाढा भएर व्यस्त जीवन यापन गरेका बेला यसरी महिलाहरू एकै ठाँउमा उस्तै पहिरन र एउटै उद्देश्यले भेला भएर निर्धक्क नाच्न र गाउँन पाँउदा यसले छुट्टै आनन्द दिएको कुरा  सहभागीहरू बताउँछन् ।

राता साडी र रातै चोलीपहिरिएर विभिन्न गहनाले सजिएका महिलाहरूको भेला देख्दा हरितालिकाको दिनको काठमाण्डौको पशुपतिनाथमा लाग्ने महिलाहरूको मेलाको इस्मरण भएको कुरा बताउँछन् ।ससाना नानीहरू र सम्पूर्णमहिलाहरूले कम्मर मर्कार्इ मर्कार्इ नाचेको देखे पछि उपस्थित पुरूषहरूले पनि आफुलार्इ रोक्न सक्नुभएन । सबैजनाले नाचेर चेलीबेटीलार्इ अझ हौसला प्रदान गर्नु भयो । अरु भाषीका महिला समेत सरिक भइ नृत्य गरेका थिए ।

घर घरमा पकाएर ल्याएका पुलाउ,लट्टे,खिर,ढकने ,विभिन्न तरकारीहरू, अचार र मिठार्इहरूका परिकारहरू खाएर रमार्इलो गरे । नयाँ तथा पुराना  नेपाली तीजका गितहरूमा कम्मर मर्काइ मर्काइ नाचे सबै चेलीहरु नाचे । नेपाली राजदूतावास परिवारको समेत सक्रिय सहभागिताले सबै दिदीबहिनीलाई नाच्न झन् प्रेरणा मिलेको कुरा सहभागी भन्दछन । यस्तै गरी सेप्टेम्वर १९ तारिख शनिवारको साँझ नेपाली चर्चित लोक गायक पशुपति शर्मा र देविका केसी सेण्टपल यूनिभर्सिटीहल अटवामा कार्यक्रम प्रस्तुत गर्ने कुराले सबैलाई थप उत्सुकता थपेको छ ।

c1

डाउनटाउन स्थित १६० सार्लेट स्ट्रिटको हलमा सम्पन्न उक्तकार्यक्रमको आयोजना एनआरएनए क्यानडाले गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK