क्यानको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक

ENGLISH

SPORTS

क्यानको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक

28 July, 2016 | arjun baral | 1405 Views | comments

अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी

नेपाल क्रिकेट संघ (क्यान) को प्रतिबन्ध हटाउन अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) सकारात्मक रहेको आईसीसीका प्रतिनिधिहरुले बताएका छन् । क्यान विवादबारे अनुगमन गर्न आईसीसीको एक टोलीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशबकुमार बिष्टसँगको भेटमा प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक रहेको बताएको हो ।

सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद तालिम तथा प्रशिक्षण केन्द्रमा आईसीसीका कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आईसीसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेखको टोलीले सदस्यसचिव बिष्टसँग तीन घण्टा लामो भेटबार्ता गरेका थिए । त्यस भेटमा आईसीसीको टोलीले नेपाली क्रिकेटबारे आईसीसी सकारात्मक रहेको उल्लेख गर्दै क्यानमा लागेको प्रतिबन्ध चाडै हटाउन सकिने बताएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए  ।

 

सदस्य सचिवसँगको भेटमा आईसीसीको टोली निकै सकारात्मक रहेका पाइयो, छलफलमा उहाहरु सकारात्मक थिए, राखेपका प्रेस सल्लाहकार दाहालले बाह्रखरीसँग भने, “आईसीसीका टोलीले सदस्यसचिवसंगको भेटमा हामीहरु नेपालको क्रिकेटबारे प्रतिबेदन तयार गर्न आएका हौं । आईसीसीका नेपालको क्रिकेटबारे सकारात्मक छ । प्रतिबन्ध चाडै हट्ने सम्भावना छ, उहाहँरुले भन्नु भएको छ ।”  त्यस्तै आईसीसीका प्रतिनिधिसँगको भेटमा सदस्यसचिव बिष्टले नेपालको क्रिकेट विकासमा नेपाल सक्षम रहेको र आईसीसीको प्रतिबन्ध चाडै हट्नेमा आशावादी भएको बताएको सल्लाहकार दाहालले जानकारी दिए । यसअघि मंगलबार मात्रै आईसीसीको तीन सदस्यीय टोलीले क्यानको पूर्व अध्यक्षहरु विनय राज पाण्डे र टंक आङबुहाङसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

अब आईसीसीको टोलीले  युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, पूर्व तथा वर्तमान राष्ट्रिय टिमका कप्तान तथा खेलाडीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छन् । क्यानमा अन्तरिक कलह र राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई गत वैशाख १३ गते  निलम्बन गरेको थियो । त्यसपछि गत महिना स्कटल्यान्डको इडिनबर्गमा भएको आईसीसीको वार्षिक बैठकले नेपालमाथि लगाएको प्रतिबन्धलाई सदर गरेको थियो । र, नेपाली क्रिकेट अघि बढाउने बिषयमा आफ्नो एक प्रतिनिधी टोली नेपाल पठाउने निर्णय गरेको थियो ।

त्यहिअनुरुप आईसीसीका एक टोली नेपाल आएका हुन् । तर, नेपाली क्रिकेट विवादबारे बुझ्न नेपाल भ्रमण तय गरेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)  डेविड रिचर्डसन र आईसीसीका एसोसिएट प्रतिनिधि इमरान ख्वजा भने नेपालमा राजनीतिक स्थिति परिवर्तन भएकोले भ्रमण स्थगित गरेको थिए । क्यानलाई प्रतिबन्ध लगाएपनि आईसीसीले नेपाली क्रिकेट टिमलाई भने खेल्न अनुमति दिएको छ । नेपाली टोलीले अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ  । र, नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल  छैटौं स्थानमा छ ।

यो पनि हेर्नुहोस् :- शशांक मनोहर आईसीसीको अध्यक्षमा निर्विरोध चयन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK