को- को हुन् त बलिउडमा आफ्नो बर्चस्व कायम गर्न सफल नेपाली कलाकारहरु

ENGLISH

ENTERTAINMENT

को- को हुन् त बलिउडमा आफ्नो बर्चस्व कायम गर्न सफल नेपाली कलाकारहरु

14 March, 2016 | Anjana Bhandari | 565 Views | comments

नेपाली कलाकारका लागि होस या कसैको लागि मात्रै नभएर अन्य देशका कलाकारलाई बलिउडको पर्दा निकै ठूलो लाग्छ । बलिउडलाई धेरै देशका कलाकारले काम पाउने ठाउँ भनेर पनि चिनिन्छ ।

बिशेषगरि युरोपियन कलाकारहरुले त्याँहा डेरा जमाएको पाइन्छ । बलिउडको पर्दा विश्वभरि नै प्रख्यात छ । जहाँ पाएको एउटा सानो मौकाले एक कलाकारको भाग्य फेरिन्छ । बलिउडमा बाह्य देशबाट आएर स्थापित भएका कलाकारहरु थुप्रै छन् । नेपालका केहि कलाकारहरुले पनि आफसलाई स्थापित बनाइ सकेका छन् । मनिसा कोइराला, उदित नारायण झा यसका ज्वलन्त उदाहरण हुन् ।

मनिषा कोइराला

manishaमनिषा कोइराला बलिउडका चर्चित नायिका मध्येकी एक हुन् । पढाइको शिलशिलामा भारत पुगेकी मनिसाले मोडलिङबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

सन् १९९९ को ‘सौदागर’ उनको पहिलो बलिउड फिल्म थियो । अकेले हम अकेले तुम , मन ,मेहबुबा लगायत थुप्रै फिल्म मार्फत सबैको मन जित्न सफल नायिका मनिषाले मोडलिङबाट आफ्नो अभिनय कला प्रदर्शन गरिसकेकी छन् ।

उनले अभिनय गरेका नेपाली फिल्महरु धर्मा र फेरि भेटौला हुन् । भर्खरै क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी मनिषा फेरि अभिनय तिर सक्रिय भइसकेकी छिन् । उनी बलिउड तिर छिर्ने तरखरमा छिन् ।

उदितनारायण झा

uditउदितनारायण झा नेपालको सप्तरी जिल्लाममा जन्मिएका हुन् ।

सुरीलो स्वरका धनी उदीतनारायणले आफ्नो आवाजलाई नेपालमा मात्र सिमित राखेनन् उनले बलिउडमा पनि आफ्नो आवाज मार्फत बलिउडमा पनि तहल्का मच्चाइदिए । उनले बलिउडमा सन् १९८० मा फिल्म उन्निस बीसको गीत मार्फत आफ्नो गायनकलालाई प्रस्तुत गरेका थिए ।

तर जव उनले डर जब उनले डर फिल्मको जादु तेरी नजर खुस्बु तेरा बदन बोलकोगीतमा आवाज दिए त्यसपछि उनको आवाजको चर्चा बलिउडमा चुलिन गयो । सन् १९८० देखिको उनको यो यात्राले अहिले पनि निरन्तरता पाईरहेको छ । उनले हिन्दी फिल्ममा मात्र नभएरदक्षीण भारितय चलचित्रहरुमा पनि आवाज दिएका छन् ।

उषा पौडेल

ushaउषा पौडेल नेपालको जनकपुरमा जन्मेकी नेपाली अभिनेत्री उषा पौडेलले दर्जनौ नेपाली फिल्ममा काम गरेकी छिन् ।

उनले गोधुली,तिम्रो माया, प्यारी बहिनी, गगां, क्रोध, जस्ता नेपाली फिल्मबाटपनि सबैको मन जितेकी उषाले आफ्नो अभिनय कलालाई बलिउडमा पनि प्रस्तुत गरिन् । उनले बलिउड टेलिसिरियलहरुमा अभिनय गरिन् ।

साहारा वनको तुजसँग प्रीत लगाई सजना , जय जय जय बजरंग बली,अदालत र चिन्टु चिङकी और एक बढिसी लव स्टोरी उनलेअभिनय गरेका टेलिसिरियलहरु हुन् । बलिउडमा अभिनय गर्दागर्दै उनको यात्रा अमेरिकासम्म पुग्यो ।

sunilसुनिल थापा

सुनिल थापा अन्ठाउन्न बर्षीय अभिनेता सुनिलथापाले नेपाली चलचित्र साथसाथै बलिउडका आधादर्जन जतिचलचित्रमा काम गरेका छन् ।

नेपाली सिनेमा उद्योगमा चिनो,आगो, ठुल्दाई, तँ त सारै बिग्रिस नि बद्री लगाएतका थुप्रैचलचित्रमा काम गरेका अभिनेता सुनिल थापाले बलिउडमा एकदुजेके लिए, मानव हत्या, आजकी आवाज, अलवेला, नसिववाला र मेरीकोममा काम गरेका छन् ।हाल उनी फिल्म भाई मस्ट बि क्रेजीमा पनि काम गर्दैछन् ।

भोला राज सापकोटा

bholaभोला राज सापकोटा नेपालको मकवानपुरका अभिनेता भोला राज सापकोटापनि बलिउडमा काम गर्ने नेपाली अभिनेता हुन् ।

उनले चर्चितफिल्म बर्फीमा अभिनय गरेका छन् । सन् २०१२ आएको फिल्म बर्फीका कारण भोलाको चर्चा पनि बढेको थियो । उनले अनुरागबासुको आगामी फिल्ममा पनि काम गर्दैछन् ।

विल्सन बिक्रम राई

wilsonविल्सन बिक्रम राई भाई मस्ट बी क्रेजीबाट बलिउड डेब्यु गर्न लागेका विल्सन बिक्रमले नेपाली हास्य ब्यङग्यमा राम्रो पहिचान बनाएका छन् ।

उनी एक स्थापित हास्य कलाकार हुन् । हाल बलिउडमा ब्यस्त छन् । उनी बलिउड गएपछि नेपाली हास्यब्यङ्ग्यमा सुनसान भएको छ भनेर पनि धेरैले भनेका छन् ।

बलिउडमा उनले डेब्यु गरेको फिल्म भाई मस्ट बि क्रेजीमा शाहिद कपुर, पंकज कपुर सुनिल ग्रोभर ,सुनिल थापा लगायतका कलाकारको अभिनय रहने छ । पहिलो फिल्ममै बलिउडका स्थापित कलाकारहरुसँग काम गर्न पाएका विल्सनको बलिउड करियरले कस्तो मोड लिने हो त्यो भने भविष्यले नै बताउने छ ।

सृष्टी श्रेष्ठ

sristhiसृष्टी श्रेष्ठ मिस नेपाल सृष्टी श्रेष्ठले पनि बलिउडमा काम गर्ने नेपाली सेलिब्रेटी मध्येकी एक हुन् ।

उनले फिल्म ज्याकपटको कभी जो बादल बर्से बोलको गीतमा मोडलिङ गरेर एकाएक चर्चा बटुलेकी थिईन् । त्यहि चर्चाले उनलाई नेपाली सिने क्षेत्रमा फाईदा पुग्यो भन्नेहरु पनि धेरै छन् ।

हाल उनी नेपालकी महंगी नायिका बनीसकेकी छिन् । एक गितमा मोडलिङ गरेको लाखौ लिने श्रृष्टीले अभिनय गरेको फिल्म गाजलु छिट्टै रिलिज हुदैछ ।

झरना बज्राचार्य

jharnaझरना बज्राचार्य नेपाली सिने क्षेत्रमा स्थापित अभिनेत्री झरना बज्राचाय पनि बलिउडमा काम गर्ने नेपाली सेलिबे्रटी हुन् ।

उनले सन् २००४ मा आएको फिल्म लव ईन नेपालमा अभिनय गरेकी छिन् । फिल्मको कत्राकत्रा बोलको गीतमा गरेको अभिनयले नै उनको चर्चा भएको थियो । बलिउडमा स्थापीत हुने चाहाना भएपनि उनलाई बलिउड फिल्मले भन्दा नेपाली फिल्मले फाईदा पुर्यायो ।

उनी नेपाली फिल्ममै स्थापित भईन् । मलेसीयन ब्यापारी राहुल अग्रवालसँग विवाह गरेकी झरना हाल आमा बन्ने तयारीमा छिन्

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK